Madhes Khabar
स्थानिय

वीरगन्जमा आयाेजित तीन दिने चित्रकला प्रर्दशनी सम्पन्न

वीरगन्ज,२४फागुन:भोजपुरी प्रतिष्ठान वीरगन्जको सहकार्यमा वीरगन्ज कलाकार समाजले आयोजना गरेको तीन दिने चित्रकला प्रदर्शनी शनिबार सम्पन्न भएको छ।`कलर अफ वीरगन्ज´ भन्ने नारासहित आयोजित चित्रकला प्रर्दशनीकाे तेश्रो तथा अन्तिम दिन शनिबार चित्रकला प्रर्दशनीमा सहभागिता जनाएका बालबालिकाका अभिभावकबीच पनि चित्रकला प्रतियोगिताको आयोजना गरीएको थियो ।

शनिबार आयाेजित समापन कार्यक्रमका प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहका स्वकिय सचिव सत्यराज घिमिरेले प्रर्दशनीमा राखेका प्रत्येक चित्रले एक सन्देश दिएको तथा समाजको वास्तविकतालाई चित्रण गरेकाे बताए।चित्रकला प्रर्दशनीमा १८ वटा विधालयका विद्यार्थीले बनाएका करीब १ सय ८७ वटा चित्रकला प्रदर्शनीका लागि राखिएको थियो।वीरगन्जका १८ वटा विधालयका बालबालिकाहरुले आफ्नो प्रतिभालाई चित्रद्वारा प्रस्तुत गरेका थिए ।

पर्साका कलाकार र कलाप्रेमीहरुको मनोभावनालाई बुझ्दै आफ्नो गाउँठाउ र हालको परिवेशबारे बुझ्दै कला र संस्कृतीको जगेर्ना र विकासको उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको समाजका अध्यक्ष मुकेश महतोले बताए ।हरेक विधार्थीहरुले आ आफ्नो प्रतिभा ,समाज प्रतिको चासो , वातारवण प्रति चिन्ता लगायतका गहन विषयवस्तुहरु समेटेर कोरिए चित्रहरु एकदमै प्रभावकारी लागेको चित्र अवलोकन गर्ने अभिभावक , विभिन्न विधालयका विधार्थीहरु तथा अन्य अवलोकनकर्ताले बताएका थिए ।

 

तीन दिने चित्रकला प्रर्दशनी कार्यक्रमको पहिलो दिन गत बिहीबार बालबालिकाहरुले बनाएका चित्रकला अवलोकन कार्यक्रम राखिएको थियो भने शुक्रबार दोश्रो दिन चित्रकला प्रर्दशनीमा सहभागि १८ विधालयका विधार्थीहरु चित्रकला अवलोकन गर्न आएका थिए।

समापन कार्यक्रममा चित्रकलामा प्रर्दशनीमा भाग लिएका विधार्थी र प्रतियोगितामा भाग लिएका अभिभावकहरुलाई प्रमाण पत्र र मायाको चिन्हो प्रदान गरियाे।समापन कार्यक्रमको सहजिकरण समाजका अध्यक्ष मुकेश महतोले नै गरेका थिए ।

Related posts

वीरगन्जमा अनुमति बिना सञ्चालित दुई संस्थामा महानगरले गर्यो शिलबन्दी

MadhesKhabar

निजगढ विस्फोट अपडेटः विस्फोट भएको शंकास्पद वस्तु ६५ सय रुपैयाँमा किनबेच भएको खुलासा

MadhesKhabar

ठेकेदारहरुले मिलोमतो गरेर हात पारेको सवारी र कबाडी करको ठेक्का मेयर सिंहले गरे रद्द

MadhesKhabar

Leave a Comment