Madhes Khabar
स्थानिय

वीरगन्ज ल्याइएका रवि लामिछानेसंग पर्सा प्रहरीले भाेलिदेखि बयान लिने

वीरगन्ज,२४मंसिर: सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पाेखराबाट आज(साेमबार)साँझ वीरगन्ज ल्याइएका रास्वपा सभापति रवि लामिछानेसंग प्रहरीले भाेलि(मंगलबार) बिहानदेखि बयान लिने भएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साकाे हिरासतमा राखिएका लामिछानेसंग बयान लिने काम भाेलि बिहानदेखि सुरु गरिने पर्साका प्रहरी उपरीक्षक कुमोध ढुंगेल बताए ।उनले भने,‘सरकारी वकिलको कार्यालयमा बयान लिनुपर्ने भएकाले आज (सोमबार) देखि बयान लिने काम सुरु हुन सकेन , भोलिबाट सुरु गर्छौं’।

वीरगन्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताले जम्मा गरेकोमध्ये ८ कराेड बढी रकम हिनामिना भएको प्रकरणमा बयान लिनका लागि लामिछानेलाई आज साँझ वीरगन्ज ल्याइएको हो ।

लामिछानेलाई पाेखराबाट काठमाडौं र काठमाडौंबाट सिमरा जहाजमा ल्याएर त्यहाँबाट भने प्रहरीको गाडीमा वीरगन्ज ल्याइएको हाे।

Related posts

बारामा बाँसघारीबाट गाँजासहितको मोटरसाइकल बरामद

MadhesKhabar

पटेर्वा सुगाैलीमा ऐलानी जग्गामा राेपियाे फलफुलका १ हजार विरुवा

MadhesKhabar

वीरगन्जमा पानीको समस्या समाधान नगरिए आन्दोलन गर्ने जनमत पार्टीको चेतावनी

MadhesKhabar

Leave a Comment