वीरगन्ज,१५साउन:पर्साकाे पटेर्वा सुगाैली गाँउपालिका-४ दाप सुगाैलीस्थित करिब २ बिघा ऐलानी पर्ती जग्गामा वृक्षाराेपण गरिएको छ।
समृद्धिका लागि वन कार्यक्रम अन्तर्गत पटेर्वा सुगाैली गाँउपालिकाकाे आर्थिक सहयाेग तथा नव जागृति युवा क्लब र नव जागृत वन व्यवस्थापन समितिकाे आयाेजनामा वृक्षाराेपण गरिएको हाे। पटेर्वा सुगाैली गाँउपालिकाका अध्यक्ष दिनेश चाैधरी र उपाध्यक्ष ममता महत्ताेले बिरुवा राेपेर वृक्षारोपण कार्यक्रमकाे शुभारम्भ गरेका थिए।
दुई बिघा ऐलानी पर्ती जग्गामा आँप,लिच्ची,कटहर,कागती लगायतका प्रजातिका १ हजार बढी बिरुवा राेपिएकाे नव जागृत युवा क्लबका अध्यक्ष शिवेन्द्र चाैधरीले जानकारी दिए।
वृक्षारोपणका लागि आवश्यक विरुवाहरु, महिला,दलित र गरीब समुदायलाई सार्वजनिक जग्गामा वृक्षाराेपण गर्नका लागि एसेस्ट टु एसेस्ट अन्तर्गत अनुदानमा प्राप्त भएको चाैधरीले बताए ।
क्लबका अध्यक्ष शिवेन्द्र चाैधरीकाे अध्यक्षता तथा गाँउपालिका अध्यक्ष दिनेश चाैधरीकाे प्रमुख आतिथ्यता एंव उपाध्यक्ष ममता महत्ताेकाे विशिष्ट आतिथ्यतामा आयाेजित वृक्षारोपण कार्यक्रममा क्लब र समितिका पदाधिकारी, स्थानीय महिला,दलित समुदाय,युवा लगायतकाकाे उत्ससाहजनक हभागिता रहेकाे थियाे।

