Madhes Khabar
स्थानिय

पटेर्वा सुगाैलीमा ऐलानी जग्गामा राेपियाे फलफुलका १ हजार विरुवा

वीरगन्ज,१५साउन:पर्साकाे पटेर्वा सुगाैली गाँउपालिका-४ दाप सुगाैलीस्थित करिब २ बिघा ऐलानी पर्ती जग्गामा वृक्षाराेपण गरिएको छ।

 

समृद्धिका लागि वन कार्यक्रम अन्तर्गत पटेर्वा सुगाैली गाँउपालिकाकाे आर्थिक सहयाेग तथा नव जागृति युवा क्लब र नव जागृत वन व्यवस्थापन समितिकाे आयाेजनामा वृक्षाराेपण गरिएको हाे। पटेर्वा सुगाैली गाँउपालिकाका अध्यक्ष दिनेश चाैधरी र उपाध्यक्ष ममता महत्ताेले बिरुवा राेपेर वृक्षारोपण कार्यक्रमकाे शुभारम्भ गरेका थिए।

 

दुई बिघा ऐलानी पर्ती जग्गामा आँप,लिच्ची,कटहर,कागती लगायतका प्रजातिका १ हजार बढी बिरुवा राेपिएकाे नव जागृत युवा क्लबका अध्यक्ष शिवेन्द्र चाैधरीले जानकारी दिए।

 

वृक्षारोपणका लागि आवश्यक विरुवाहरु, महिला,दलित र गरीब समुदायलाई सार्वजनिक जग्गामा वृक्षाराेपण गर्नका लागि एसेस्ट टु एसेस्ट अन्तर्गत अनुदानमा प्राप्त भएको चाैधरीले बताए ।

 

क्लबका अध्यक्ष शिवेन्द्र चाैधरीकाे अध्यक्षता तथा गाँउपालिका अध्यक्ष दिनेश चाैधरीकाे प्रमुख आतिथ्यता एंव उपाध्यक्ष ममता महत्ताेकाे विशिष्ट आतिथ्यतामा आयाेजित वृक्षारोपण कार्यक्रममा क्लब र समितिका पदाधिकारी, स्थानीय महिला,दलित समुदाय,युवा लगायतकाकाे उत्ससाहजनक हभागिता रहेकाे थियाे।

Related posts

पर्साकाे भेडिअर्वामा जग्गाकाे विवादमा भएकाे झडपमा एक महिलाकाे मृत्युु

MadhesKhabar

जथाभावी बाेरिङ नगाड्न वीरगन्ज महानगरकाे निर्देशन

MadhesKhabar

वीरगन्जको यातायात कार्यालयमा मन्त्री सिंहकाे आकस्मिक अनुगमन

MadhesKhabar

Leave a Comment