Madhes Khabar
स्थानिय

जथाभावी बाेरिङ नगाड्न वीरगन्ज महानगरकाे निर्देशन

वीरगन्ज ,५साउन: वीरगन्ज महानगरपालिकाले महानगरका विभिन्न वडाहरुमा भइरहेमाे अनधिकृत रूपमा डिप बोरिङ जडान कार्य बन्द गर्न निर्देशन दिएको छ । पछिल्लो समय वर्षा नहुँदा चापाकलहरु सुकेर बढ्दै गएको खानेपानीको समस्यालाई मध्यनजर गर्दै महानगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै अनाधिकृत रुपमा बाेरिङ जडान कार्य बन्द गर्न निर्देशन दिएको हो ।

वीरगन्जसहित महानगर क्षेत्रभित्र विभिन्न वडाहरूमा अनधिकृत रूपमा इजाजत नलिई जथाभाबी डिप बोरिङ जडानको कार्य भइरहेकोप्रति महानगरपालिकाले आपत्ति जनाएको छ ।

इजाजत बिना नै भइरहेको डिप बोरिङ जडानको कार्य तत्काल रोक्न पनि महानगरले आग्रह गर्दै महानगरपालिकासँग स्वीकृत लिएर मात्रै डिपा बोरिङ गर्नुपर्ने सूचनामा उल्लेख गरेकाे छ ।

अनुमति बिना जथाभाबी रूपमा डिप बोरिङ जडान गर्ने कार्य भएको पाइएमा त्यस्तो कार्य गर्ने र गराउने दुवै पक्षलाई महानगरपालिकाले कारबाही गर्ने पनि उक्त सूचनामार्फत महानगरले चेतावनी दिएको छ ।

पछिल्लो केही समय यता वीरगन्जसहित तराईका क्षेत्रमा पानीको हाहाकार भएको छ ।यसले गर्दा कतिपयले अनधिकृत रूपमा डिप बोरिङ गरिरहेका छन् । डिप बोरिङले जमिन मुनीको पानी रित्तिने र जमिन भासिने समस्या आउन सक्ने भएकाले यस्ता गतिविधिलाई रोक्नुपर्नेमा महानगरको सूचना मात्रै प्रभावकारी नहुन सक्छ । यसर्थ सूचनासँगै अनुगमन र सूचना विपरीत काम भएको पाइएमा कारबाही गर्न पनि आवश्यक छ ।

Related posts

पर्सामा ६ वर्षीया बालिकालाई बलात्कार गरेर ४ महिनादेखि फरार रहेका अभियुक्त पक्राउ

MadhesKhabar

जिराभवानी गाँउपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकता दिदैं ल्यायो ३४ करोड बढीको बजेट

MadhesKhabar

जिराभवानीको कार्यपालिका सदस्यमा काँग्रेसको प्यानल विजयी

MadhesKhabar

Leave a Comment