वीरगन्ज,५असाेज: मधेस प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री चन्दन सिंहले वीरगन्जस्थित यातायात व्यवस्था कार्यालयको आकस्मिक अनुगमन गरेका छन् ।
शुक्रवार दिउँसो यातायात व्यवस्था कार्यालयमा पुगेर मन्त्री सिंहले आकस्मिक अनुगमन गरेका हुन् ।
अनुगमनका क्रममा कार्यालयका कर्मचारीसंग मन्त्री सिंहले सेवा प्रवाह बारे जानकारी लिए ।त्यसक्रममा मन्त्री सिंहले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि अनलाइनबाटै आवेदन दिन सकिने व्यवस्था गरिएपनि सेवाग्राहीले सास्ती भोग्दै आएको व्यापक गुनासो आईरहेकाले यसतर्फ ध्यान दिन कर्मचारीलाई निर्देशन दिए ।
अनुगमनमै रहेका बेला मन्त्री सिंहसँग सेवाग्राहीहरुले यातायात कार्यालयको बेथिति र सास्ती बारे गुनासाे गरेका थिए ।
अनुगमनका क्रममा मन्त्री सिंहसंगै जनमत पार्टीका पर्सा इन्चार्ज माधव सिंह,जिल्ला संयोजक ओमप्रकाश सर्राफ,महानगर युवा अध्यक्ष संजय सिंह लगायतको पनि सहभागीता थियाे।