Madhes Khabar
स्थानिय

अपडेट :होटलको कोठाबाट बुवा–छोराको शव निकालेर प्रहरीले नारायणी अस्पतालमा पठायो

तस्बिर : सामाजिक सञ्जालबाट ।

वीरगन्ज,२२असोजःवीरगन्जको भानु चोकस्थित होटल शाह पाराडाइजको कोठाभित्र मंगलबार बेलुकी मृत भेटिएका दुई जनाको शव प्रहरीले बुधबार बिहान कोठाबाट निकालेर प्रहरीले पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाएको छ ।

नयाँ बसपार्कको भानु चोकमै रहेको होटल शाह पाराडाइजको कोठा नम्बर १११ मा मंगलबार बेलुकी भारतको कोलकताको त्रिपुराका ६७ वर्षिय सजल आचार्जी र उनका छोरा २४ वर्षीय सागर आचार्जी मृत अवस्थामा भेटिएका थिए ।

लम्सालका अनुसार, असोज १९ गतेदेखि कोठा नम्बर १११ मा बास बसेका दुवै जना मंगलबार बेलुकी ७ बजेसम्म पनि खाना खान नआएपछि होटेलका कामदार उनिहरुलाई बोलाउन उक्त कोठामा गएका थिए।तर भित्रबाट बन्द रहेको कोठाको ढोकामा होटलका कामदारले पटक पटक ढक्ढकाउँदा पनि भित्रबाट कसैले ढोका नखोलेपछि उक्त कोठासंगै रहेको अर्काे कोठाको भन्टिलेटरबाट हेर्दा कोठामा बुबवा र छोरा दुवै मृत अवस्थामा रहेको देखेका थिए।

लगत्तै अर्थात बेलुकी ७ः३० बजेतिर होटलका सञ्चालकले खबर गरेपछि प्रहरी उक्त होटलमा पुगेको थियो।प्रहरीले पनि भेन्टिलेटरबाट हेर्दा कोठा भित्र सजन ओछ्यानमा र छोरा सागर झुन्डिएको अवस्थामा देखिएका थिए ।रात परिसकेकाले प्रहरीले मंगलबार राति उक्त कोठाको ढोका खोलेन ।

तर बुधबार बिहान करिब ७ः३० बजेतिर प्रहरीले ढोकाको लक ताडेर कोठाभित्रमा प्रवेश गरेको र कोठाभित्र ओछ्यानमा ६७ वर्षीय सजल घोप्टो परेको अवस्थामा र उनका छोरा सागर सिलिंग पंखामा झुण्डिएर मृत अवस्थामा भेटिएको पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए । ओछ्यानमा मृत भेटिएका बुबा सजलको घाँटीमा नील डाम देखिएको उनले बताए ।

दुवै शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको जानकारी उनले दिए । उनले भने, पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै मृत्युको कारण खुल्न सक्छ ।अरु अनुसन्धानका काम प्रहरीले गरिरहेको छ ।घटनाका बारेमा वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासमा अनौपचारिक रुपमा जानकारी गराइसकेको पनि उनले बताए ।

 

Related posts

वीरगन्जलाई हरित शहर बनाउने अभियान अन्तर्गत चार सय वटा बिरुवा राेपियाे

MadhesKhabar

तिलावे पुलको भत्किएको एप्रोच सडक मर्मतका लागि कांग्रेस र नेविसंघको पहल

MadhesKhabar

पर्सा ३ का मतदातालाई बाड्न एमाले नेताको घरमा राखिएका चापाकल बरामद

MadhesKhabar

Leave a Comment