Madhes Khabar
स्थानिय

बारामा बाँसघारीबाट गाँजासहितको मोटरसाइकल बरामद

बारा,२६असोजः बाराको महागढीमाई नगरपालिका वडा नम्बर ११ मधुरीटोलस्थित बाँसघारीबाट प्रहरीले बेवारिसे अवस्थामा रहेको लागुऔषध गाँजा बरामद गरेको छ ।

विशेष सुचनाको आधारमा खटिएको टोलीले बाँसघारीमा लुकाएर राखिएको २९ केजी गाँजा र प्र २–०३–०२२ प ४५३५ नंबरको मोटरसाइकल बरामद गरेको हो ।

बरामद गरिएको गाँजासहितको मोटरसाइकल आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय बारामा राखेर थप अनुसन्धान भइरहेको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

 

Related posts

वीरगन्ज महानगरको कार्यालयमा लुटपाट गर्ने एक युवक पक्राउ,अन्य लुटेराहरुको खोजी जारी

MadhesKhabar

बारामा अमेरिकाबाट पार्सलमा आएको गाँजासहित तीन जना युवक पक्राउ

MadhesKhabar

स्वास्थ्य कार्यालय पर्साको परिसरमा प्रकृति सेवा प्रतिष्ठानले रोपियो दियो ४० वटा बिरुवा

MadhesKhabar

Leave a Comment