बारा,२६असोजः बाराको महागढीमाई नगरपालिका वडा नम्बर ११ मधुरीटोलस्थित बाँसघारीबाट प्रहरीले बेवारिसे अवस्थामा रहेको लागुऔषध गाँजा बरामद गरेको छ ।
विशेष सुचनाको आधारमा खटिएको टोलीले बाँसघारीमा लुकाएर राखिएको २९ केजी गाँजा र प्र २–०३–०२२ प ४५३५ नंबरको मोटरसाइकल बरामद गरेको हो ।
बरामद गरिएको गाँजासहितको मोटरसाइकल आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय बारामा राखेर थप अनुसन्धान भइरहेको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

