Madhes Khabar
स्थानिय

स्वास्थ्य कार्यालय पर्साको परिसरमा प्रकृति सेवा प्रतिष्ठानले रोपियो दियो ४० वटा बिरुवा

वीरगन्ज,१५जेष्ठःगणतन्त्र दिवसको उपलक्ष्यमा वीरगन्जस्थित जिल्ला स्वास्थ्य कार्यालय पर्साको परिसरमापनि वृक्षारोपण गरिएको छ ।

वीरगन्ज–१४ पिपरास्थित स्वास्थ्य कार्यालय पर्साको परिसरमा प्रकृति सेवा प्रतिष्ठानले वृक्षारोपण गरेको हो । कार्यालय परिसरमा सोमबार विभिन्न प्रजातिका ४० वटा विरुवा रोपिएको प्रतिष्ठानका अध्यक्ष जसपाल सिंहले बताए ।

प्रकृति र वातावरणको संरक्षणमा बोटविरुवाको महत्वपूर्ण भूमीका रहने भएकाले गणतन्त्र दिवसको उपलक्ष्यमा सोमबार स्वास्थ्य कार्यालय पर्साको परिसरमा वृक्षारोपण गरिएको उनले बताए ।

प्रतिष्ठानका अध्यक्ष सिंहको अध्यक्षतामा भएको वृक्षारोपण कार्यक्रममा स्वास्थ्य कार्यालय पर्साका प्रमुख डा. मुक्ति नारायण साह, प्रतिष्ठानकाा सल्लाहकार भगवान श्रेष्ठ, सचिव अभिनास झा, राकेश नेपाली,स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुर लगायतकोपनि सहभागीता थियो ।

Related posts

वीरगन्जको बसडिल्वामा सडक क्षेत्रमा परेको संरचना डाेजर लगाएर हटाइयो

MadhesKhabar

हैजा नियन्त्रणमा लागेकाे वीरगन्ज महानगरले कसरी वितरण गर्दैछ खानेपानी ?….

MadhesKhabar

भलुवाही खाेलाबाट अवैध रुपमा गिट्टी-बालुवा उत्खनन गर्ने ट्रयाक्टर पक्राउ

MadhesKhabar

Leave a Comment