Madhes Khabar
स्थानिय

भलुवाही खाेलाबाट अवैध रुपमा गिट्टी-बालुवा उत्खनन गर्ने ट्रयाक्टर पक्राउ

फाइल फाेटाे ।

वीरगन्ज,८कार्तिक:पर्साकाे भलुवाही खाेलाबाट अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन गरी लैजाँदै गरेकाे एउटा ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।

खाेलाबाट गिट्टी-बालुवा उत्खनन गरी निचुटा तर्फ जाँदै गरेकाे प्र-०२-०३-००१ त ४४३० नम्बरको ट्रयाक्टर ईलाका प्रहरी कार्यालय पटेर्वा सुगाैलीले नियन्त्रणमा लिएकाे हाे ।

पटेर्वा सुगाैली गाँउपालिका वडा नम्बर ४ बाट उक्त ट्रयाक्टर प्रहरीले मंगलबारराति नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Related posts

नेपाल नेत्र ज्योती संघ पर्साको २० औं साधारण सभा वीरगन्जमा सम्पन्न

MadhesKhabar

कलैयाका शिक्षक सर्राफकाे हत्यामा संलग्न रहेकाे आशंकामा एक महिला पक्राउ

MadhesKhabar

साँढेको आक्रमणबाट घाइते रामको उपचार खर्च महानगरले व्यवहोर्छ – मेयर सिंह

MadhesKhabar

Leave a Comment