Madhes Khabar
स्थानिय हेडलाइन

बारामा प्रेमीको हत्या गरेर फरार रोशनी र उनका श्रीमान् चार महिनापछि पक्राउ

मधेसखबर
वीरगन्ज,८ बैशाख : प्रेमीको हत्या गर्ने प्रेमिका र उनका श्रीमान्लाई हत्या भएको साढे चार महिनापछि प्रहरीले पक्राउ गरेको छ । हत्यापछि फरार भइ भारतको केरलामा लुकिछिपी बस्दै आएका दुवै जनालाइ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १५ भिस्वाकी २० वर्षिया रोशनी भन्ने हिरा देवी र उनका श्रीमान् २४ वर्षिय रामु भन्ने कैलाश महत्तो रहेका छन् ।

ती दुवैले मिलेर बाराकै जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ८ राजापुरका महेश साहको गत मंसिर २७ गते हत्या गरेका थिए । बाराकै विश्रामपुर गाँउपालिका वडा नम्बर ५ इटियाहीमा मंसिर २७ गते रातिको समयमा महेशलाई बोलाएर दुवैले केबलको तारले मुकेशको घाँटी कसेर हत्या गरि शव त्यहीको परालको भुसमा लुकाएर फरार भएका थिए ।

प्रहरीका अनुसार , रोशनी र उनका प्रेमी महेश कोठा भाडामा लिएर केहि महिनादेखि संगै बस्दै आएका थिए । यो कुरा रोशनीका श्रीमान् कैलाशले थाहापाएपछि रोशनीले आफुसंग विहे गर्न प्रेमी महेशलाई दबाब दिएकी थिइन् । तर महेश र उनको परिवारले नमानेपछि रोशनी र उनका श्रीमान् कैलाशले महेशको हत्या गर्ने योजना बनाएर इटियाहीमा बोलाएर हत्या गरि दुवै जना फरार भएको अनुसन्धानका क्रममा खुलेको बाराका प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बताए ।

हत्यापछि फरार रहेका रोशनी र उनका श्रीमान् कैलाशको खोजतलाश गर्नेक्रममा उनिहरु भारतको दिल्ली हुदै केरलामा गएर लुकिछिपी बसेको सुचना बारा प्रहरीले प्राप्त गरेको थियो । त्यसपछि केरलाको भारतीय प्रहरीको सहयोगमा दुवैजनालाइ बैशाख ६ गते पक्राउ गरि नेपाल ल्याइएको प्रहरी उपरीक्षक बोगटीले बताए ।

दुवैलाई जिल्ला प्रहरीको कार्यालय बाराको हिरासतमा राखेर बारा जिल्ला अदालतबाट ७ दिनको म्याद अनुमति लिइ थप अनुसन्धान भइरहेको बोगटीले जानकारी दिए ।

Related posts

वीरगञ्ज महानगरले ३० युनिटसम्म खपत गर्ने जनताको विद्युत महसुल पुसदेखि आफैं तिरिदिने

MadhesKhabar

लिपनीमालमा नवनिर्मित दलित धर्मशालाको साेनलले गरे उद्घाटन

MadhesKhabar

पर्सामा गाँजा खेती नष्ट गर्ने प्रहरीको अभियान तिब्र

MadhesKhabar

Leave a Comment