Madhes Khabar
स्थानिय

पर्साको हुलाकी सडकमा मोटरसाइकल दुर्घटना हुदाँ एक युवकको मृत्यु

सांकेतिक तस्बिर ।

वीरगन्ज,१०बैशाख :पर्साको हुलाकी सडकमा भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत बिहारको पश्चिम चम्पारण घर भएका २० बर्षिय सचिन थारु रहेका छन् ।

पर्साको जगरनाथपुर गाउँपालिका–४ हुलाकी सडकमा वीरगन्जबाट ठोरीतर्फ जाँदै गरेको बिआर २२ क्यू ३४४० नम्बरको मोटरसाइकल आइतबार आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलका चालक थारु गम्भिर घाइते भएका थिए ।

घाइते थारुको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धानपनि गरिरहेको उनले बताए ।

Related posts

बारामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

MadhesKhabar

उखरमाउलो गर्मीले आजित वीरगन्जबासीलाई बर्षा भएपछि राहत महसुस, किसानहरुपनि हर्षित

MadhesKhabar

बारामा प्रहरीका भान्से रुम्बाको हत्या प्रकरण: अनुसन्धान विभागका अधिकृतसहित ३ जना पक्राउ

MadhesKhabar

Leave a Comment