Madhes Khabar
स्थानिय हेडलाइन

उखरमाउलो गर्मीले आजित वीरगन्जबासीलाई बर्षा भएपछि राहत महसुस, किसानहरुपनि हर्षित

वीरगन्ज,२५बैशाखःउखरमाउलो गर्मी र लामोसमयदेखिको खडेरीपछि मंगलबार वर्षाभएपछि वीरगन्ज र यस आसपासका जनताले राहत महसुस गरेका छन् । किसानहरु भने खडेरीका कारण सुक्न थालेको बाली अब बर्षाभएपछि सप्रिने भन्दै हर्षित भएका छन् ।

वीरगन्ज र यस आसपासका क्षेत्रमा करिब ६÷७ महिनापछि मंगलबार बर्षा हुदाँ गर्मीबाट आजित बनेका स्थानीयले शीतलताको महसुस् गर्न पाएका हुन् भने ग्रामीण भेगका किसानहरु बालीनाली सप्रिने भन्दै हर्षित बनेका हुन् ।

वीरगन्ज र यस आसपासको क्षेत्रमा पछिल्लो दुई साता यता तापक्रम बढेर अधिकतम ४३ डिग्री सेल्सियससम्म पुगेको थियो । दिउँसोको समयमा भने लू जस्तै तातो हावापनि चल्न थालेको थियो ।यस्तै चापाकल लगायत खानेपानीका श्रोतहरुपनि सुक्दै जाँदा शहरी क्षेत्रमा खानेपानीको हाहाकार समेत सुरु भइसकेको थियो ।

तर मंगलबार बर्षा भएपछि भने हावाको आद्रतामा नमी आउनुका साथै तापक्रमपनि घटेर शीतलताको महसुस भएको र अब पानीपरेपछि जमिनमूनी पानी रिचार्ज भएर चापाकलमा पानी आउन थाल्ने अपेक्षा गरिएको छ ।

लामो समयसम्म खडेरी परेका कारण चैते धान रोपाई र हिउँदे खेीबाली प्रभावित भएपछि निराश भएका किसानहरु मंगलबार वर्षा भएपछि भने किसान हर्षित बनेका हुन् ।

खडेरीका कारण गहुँ, तोरी, र हरियो तरकारीको उत्पादन घटेर हुँदा निराश बनेका किसानहरु अब पानी परेपछि चैते धान लगायतका बर्षेबाली लगाउन पाउने भएपछि हर्षित बनेका हुन् । किनकि लामो समयसम्म बर्षा नहुँदा खेतबारीमा लगाएका मकै र रोपिएको चैते धानको बाली सुक्न थालेका थिए । कतिपयले भने चैते धान रोप्न नै पाएका थिएनन् ।

वर्षा भएपछि किसानलाई खेतबारी जोतखन गर्ने र बर्खे बाली लगाउन सहज हुने कृषि ज्ञान केन्द्र पर्साले जनाएको छ ।

Related posts

वीरगन्जमा विषादी प्रयोग गरिएका आँप छ्यापछ्याप्ती, अनुगमन गर्ने निकाय मुकदर्शक

MadhesKhabar

पर्सामा तस्करीको लाइन खोलाउन गएका नामूद तस्कर मुख्तार अली पक्राउ

MadhesKhabar

नारायणी अस्पतालमा दरबन्दी बेगर कार्यरत ४७ जनालाई जागीरबाट हटाइयो

MadhesKhabar

Leave a Comment