Madhes Khabar
स्थानिय

बारामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

फाइल फोटो ।

बारा,२९माघ:बारामा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ।मृत्यु हुनेमा कोल्हबी नगरपालिका वाड नम्बर ९ अडेम्बा बिर्ता घर भएका ५५ वर्षिय पारस खाँ थारु रहेकोे प्रहरीले जनाएको छ।

आईतबार पाडा किन्न टाङ्गियाबस्ती गएर साँझ घर फर्किने क्रममा टाङ्गियाबस्ती र सखुअवा टोलको बिचमा पर्ने जंगलमा थारुलाई हात्तीले आक्रमण गरेको र उनकाे घटनास्थलमै मृत्यु भएकाे प्रहरीले जनाएको छ।

मृतक थारुकाे शव पाेष्टमार्टमका लागि कलैयास्थित प्रादेशिक अस्पतालमा राखिएको बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्याैपानेले जानकारी दिए।

Related posts

पर्साकाे हुलाकी सडक दुर्घटना(अपडेट) : एक जनाकाे मृत्यु , अर्काे घाइते आइसियुमा

MadhesKhabar

पर्सा र बारामा पूर्णरूपमा नियमित विद्युत् आपूर्ति सेवा सुचारू गर्न १५ दिन लाग्न सक्छ : विद्युत प्राधिकरण

MadhesKhabar

वीरगन्जमा इन्टरनेट,केबल लगायतका अव्यवस्थित तार व्यवस्थापन गर्न १५ दिने अल्टिमेटम

MadhesKhabar

Leave a Comment