Madhes Khabar
स्थानिय हेडलाइन

पर्साकाे कालिकामाई गाँउपालिका फेरि विवादमा

वीरगन्ज ,२असाेज : पर्साकाे कालिकामाई गाँउपालिकामा अनियमितता भएकाे भन्दै पालिका उपाध्यक्षसहित राजनीतिक दलका नेताहरुले ७ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका छन् ।

पालिका उपाध्यक्ष राजमति बरइनीकाे नेतृत्वमा कांग्रेस , एमाले, माओवादी केन्द्र, जनमत पार्टी सम्मिलित सर्वदलीय संघर्ष समितिले मंगलबार ७ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको हाे ।संघर्ष समितिले प्रमुख प्रशासकीय अधिकृत नमाेनाथ यादवलाई ७ दिनकाे अल्टिमेटमसहित ज्ञापनपत्र बुझाउदै मागहरु सम्बाेधन नगरिए गाँउपालिका कार्यालयमा तालाबन्दी गर्ने चेतावनी दिएकाे छ ।

ज्ञापनपत्रमा स्वास्थ्य संयाेजकका बारेमा सर्वाेच्च अदालतले गरेकाे फैसला कार्यान्वयन गर्नुपर्ने, नियम विपरीत हटाइएका कर्मचारी बहाल गर्नुपर्ने , गत जेष्ठ र असारमा नियमविपरीत भर्ति गरिएका कर्मचारीलाई हटाउनु पर्ने , गाँउपालिका कार्यालय अध्यक्ष बशिष्ठ कलवारकाे एकलाैटी र हुकुम शासनबाट चलिरहेकोले त्याे प्रवृति अन्त्य हुनुपर्ने लगायतका माग उल्लेख छन् ।

ज्ञापनपत्रमा पालिका उपाध्यक्ष राजमति बरइनी, वडाध्यक्ष सन्जय साह गाेढ, कार्यपालिका सदस्य रामराज चाैरसिया, कांग्रेस नेता राधाकिसुन चाैरसिया,अजय पटेल, एमाले नेता पवन तिवारी ,अनुप तिवारी ,जनमत पार्टीका नेता सन्ताेष साह,राजुराज गिरी, माओवादी केन्द्रका नेता जयकुमार पासवान,नेहाल खान लगायतकाे हस्ताक्षर छ ।

 

 

Related posts

महानगरमा छड्के अनुगमन गर्दै मेयर सिंहले लापरवाही गर्ने कर्मचारीलाई दिए चेतावनी

MadhesKhabar

वीरगन्ज गोल्डकप फुटबलः झापालाई हराउँदै आर्मी सेमिफाइनलमा

MadhesKhabar

नारायणगढबाट वीरगन्ज आँउदै गरेकाे बस ३ नम्बर पुलबाट खाेलामा खस्दा ४ जना गम्भीर घाइते

MadhesKhabar

Leave a Comment