वीरगन्ज,०९फागुन:वीरगन्जमा दुई फरक धर्मसमुदायबिचकाे द्वन्दका कारण गत साेमबारदेखि लगाइएको कर्फ्यु बुधबारराति १० बजेदेखि लागू हुने गरि पूर्णरूपमा हटाइएको छ।बुधबार बेलुकी पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालले एक सूचना जारी गर्दै वीरगन्जमा लगाइएकाे कर्फ्यु आदेश बुधबार राति १० बजेदेखि लागु हुने गरी पूर्णरूपमा हटाइएको जानकारी गराएका हुन् ।वीरगन्जको अवस्था सामान्य हुदैं गएकाले बुधबार राति १० बजेदेखि लागू हुने गरी पूर्णरूपमा हटाईएकाे बताएका छन् ।
यसअघि बुधबार बिहान बसेकाे जिल्ला सुरक्षा समितिकाे बैठकले वीरगन्ज महानगर क्षेत्रमा साेमबार साँझ ५ बजेदेखि जारी गरिएको कर्फ्यु आदेश बुधबार बिहान ११ बजेदेखि राति १० बजेसम्मका लागिमात्र हटाउने निर्णय गरेकाे थियाे।
वीरगन्जमा साेमबारदेखि दुई फरक धर्म समुदायबिचकाे द्वन्द्वका कारण उत्पन्न तनावकाे स्थिति साम्य हुदै गएकाेले सर्वसाधारण नागरिककाे सुविधा र सहजतालाई मध्यनजर गरी अर्काे आदेश नभएसम्मका लागि बुधबार राति १० बजेदेखि लागू हुने गरी पूर्णरूपमा हटाइएको प्रमुख जिल्ला अधिकारी भुसालले बताए।
यसअघि मंगलबार राति जिल्ला प्रशासन कार्यालयमा हिन्दु समाज पर्सा र स्थानीय प्रशासनबिच तनावग्रस्त बनेकाे वीरगन्जको अवस्था साम्य पार्न सहमति भएकाे थियाे।उक्त सहमतिमा मंगलबार दिउँसो सर्वदलीय-सर्वपक्षीय बैठकले गरेका पाँच बुँदे सहमति कार्यान्वयन गर्ने सहमति भएकाे थियाे ।वीरगन्जमा साेमबार हिन्दु धर्मकाे झण्डा च्यात्ने, फरक धर्मका समुदायलाई गालीगलाैज र धम्की दिनेहरुलाई पक्राउ गरि प्रहरीले कारबाही गर्ने सहमतिपनि मंगलबारराति स्थानीय प्रशासनसंग भएकाे वार्तामा भएकाे थियाे।


