Madhes Khabar
शिक्षा हेडलाइन

एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं,११असोजःराष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरक परीक्षाको नतिजा शनिबार सार्वजनिक गरेको छ । परीक्षामा ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण अर्थात् ग्रेडेड भएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए।

पूरक परीक्षामा एक लाख ४३ हजार २५७ परीक्षार्थी सहभागी भएका थिए । जसमा ५९ हजार ६९३ जना परीक्षार्थी अनुत्तीर्ण अर्थात् अवर्गीकृत भएको उनले जानकारी दिए।

गत वैशाखमा सञ्चालित एसइईको वार्षिक परीक्षामा दुई विषयसम्म ‘नन ग्रेडेड’ अर्थात् अनुत्तीर्ण भएका, परीक्षामा अनुपस्थित भएका विद्यार्थीहरूका लागि बोर्डले गत साउन २९ देखि भदौ ६ गतेसम्म पूरक परीक्षा सञ्चालन गरेको थियो ।

बोर्डले नतिजा हेर्न IVR / SMS – USSD, राष्ट्रिय परीक्षा बोर्डको www.neb.gov.np र पनिका कक्षा १० को www.see.gov.np बाट नतिजा हेर्न सकिने व्यवस्था गरेको छ ।

बोर्ड केन्द्रीय कार्यालयको वेबसाइट www.see.gov.np बाट नतिजा हेर्न परीक्षार्थीको सिम्बोल नम्बर, जन्ममिति राखेर ग्रेडसिट हेर्न र डाउनलोड गर्न सकिने जनाएको छ ।

Related posts

गरिब विद्यार्थीलाई छात्रवृति र बिरामीको उपचारमा सहयोगका लागि दास परिवारले दियो ५ लाख ५५ हजार 

MadhesKhabar

अर्थतन्त्र चलायमान बनाउन वीरगन्जमा पहिलो पटक “रात्री बजार” लाग्दै

MadhesKhabar

पर्सा–३ का एमाले उम्मदवार पाण्डेयविरुद्धको रिट सर्वोच्च अदालतद्वारा खारेज

MadhesKhabar

Leave a Comment