Madhes Khabar
स्थानिय

वीरगन्जको बसडिल्वामा सडक क्षेत्रमा परेको संरचना डाेजर लगाएर हटाइयो

वीरगन्ज,१९च‌ैत:वीरगन्ज महानगरपालिका वडा नंबर २९ बसडिल्वामा निर्माणाधिन सडक क्षेत्रमा परेको घर टहराहरु महानगरपालिका हटाएको छ ।

सडक क्षेत्रमा परेको घर टहरा नहटाउँदा सडक निर्माण कार्य अवरुद्ध हुँदै आएपछि महानगरपालिकाबाट खटिएको टोलीले सडक क्षेत्रमा रहेको ३ वटा घर हटाएको हो ।

महानगरपालिकाको बगहीदेखि मुसैली बसडिल्वा, बकनेर हुँदै पर्सागढी नगरपालिका वडा नंबर ३ पारस चोकसम्म करिब ७.५ किलोमिटर पक्कि सडक बनिरहेको छ ।नाला सहित ३३ फिट फराकिलो यो सडकको अधिकांश क्षेत्रमा साइट क्लियर भइसकेको र बसडिल्वामा केही घर नहट्दा निर्माण कार्य अवरोध हुन पुगेको थियो ।

पटक पटक सडकमा परेको संरचना हटाउन आग्रह गर्दा पनि अटेर गरेपछि महानगरका मेयर राजेशमान सिंहले सडक निर्माणमा अवरोध गर्ने संरचना हटाउन डोजर सहित पठाएको टोलीले ती संरचना हटाएको हाे।मेयर सिंहकाे सचिवालय सल्लाहकार हरि पोखरेलको नेतृत्वमा गएको टोलीले सडक निर्माणमा अवरोध बनेको ३ वटा संरचना हटाएको हो ।

२० करोड ५१ लाख रुपैयाँको लागतमा आगामी २०८१ पुस मसान्त भित्रमा निर्माण सम्पन्न गर्ने गरि सिद्धबाबा समा जेभी कन्स्ट्रक्सनले ठेक्का लिएर सडक विस्तारकाे काम गरिरहेको छ ।

सडकमा परेको संरचना हटाउन वडा नंबर २९ का वडाध्यक्ष धर्मेन्द्र प्रसाद महतो थारु, नगर प्रहरी इन्चार्ज हरि भुषाल, स्थानीय राधेचन्द्र यादव लगायतको सहभागिता रहेको थियो ।

Related posts

हरिखेतान क्याम्पसकाे भवनमा गाईगोठ र कबाडखाना : भवन निर्माणमापनि अनियमितता

MadhesKhabar

वीरगन्जको नबिल बैंकबाट एक करोड भन्दा बढी रकम चोरी, कर्मचारीको मिलोमतो रहेको आशंका

MadhesKhabar

वडाध्यक्ष कुट्ने प्रहरीलाई कारबाहीकाे माग गर्दै वीरगन्ज महानगरका जनप्रतिनिधिहरुद्वारा आन्दोलनको घाेषणा

MadhesKhabar

Leave a Comment