Madhes Khabar
स्थानिय

वीरगन्ज ५ मा एक हप्ते योग शिविर सुरु

वीरगन्ज, १० असार : वीरगन्ज महानगरपालिका वडा नम्वर ५ मा आइतबारदेखि एक हप्ते योग शिविर सुरु भएको छ ।‘गरौँ योग, रहाँै निरोग’ भन्ने नाराका साथ सुरु भएको योग शिविर ७ दिन सम्म चल्नेछ ।

आइतबार योग शिविरको वडा नम्वर ५ का वडा अध्यक्ष प्रदीप चौरसियाले उद्घाटन गर्दै योगमार्फत नागरिकको स्वास्थ्य चुस्त राख्न वडामा योग शिविरको आयोजना गरिएको बताए ।उनले अहिले विश्वभर नै योगको महत्व बढेको भन्दै जो कोहीले योग साधनाबाट आफूलाई स्वस्थ राख्नसक्ने बताए ।

योग शिविरमा ३० जनाभन्दा बढी महिलाको सहभागिता छ । ७ दिनसम्म हरेक दिन बिहान साढे ६ बजेदेखि सञ्चालन हुने शिविरमा सहभागीलाई प्रतिमा सिंहले योग प्रशिक्षण दिइरहेकी छन् ।योग शिविरको उद्घाटन कार्यक्रममा महानगरपालिकाको सामाजिक शाखाका खोभारी यादव, आमा समुहकी अघ्यक्ष जुली श्रेष्ठ, वडा सदस्यहरू संजु दाहाल, मंजु परियार, रूस्तम अली लगायतको सहभागीता थियो ।

यसैबिच वीरगन्ज महानगरपालिका वडा नम्वर १५ भिस्वामा आयोजित ७ दिने योग शिविर आइतबार सम्पन्न भएको छ ।
भिस्वाको आयुर्वेद भवनमा आयोजित शिविरमा सहभागीहरुलाई नसिबलाल सेठले प्रशिक्षण दिएका थिए । समापन कार्यक्रममा साहिब दरबारका अध्यक्ष उमेशलाल सहनी, समाजसेवी सरोज चौधरी, विकाश चौधरी, शंभु गुप्ता, रामेश्वर सहनी लगायतको उपस्थित रहेको थियो ।

Related posts

वीरगन्जको फेमस ‘बब्लु टी स्टल’ : जस्को चियाको चुस्की लिन मरिहत्ते गर्छन् पारखीहरु !

MadhesKhabar

वीरगन्जको विकासमा बाधक बन्दै सर्वोच्च अदालत : मेनरोड विस्तार मुद्धाको पेशी फेरि सर्यो

MadhesKhabar

वीरगन्ज नाकामा भारतीय एसएसबीले चलायो गोली (अपडेट)

MadhesKhabar

Leave a Comment