Madhes Khabar
स्थानिय

वीरगन्ज महानगरको कार्यालयमा लुटपाट गर्ने एक युवक पक्राउ,अन्य लुटेराहरुको खोजी जारी

वीरगन्ज,२८भदौंः जेनजीको प्रदर्शनका क्रममा वीरगन्ज महानगरपालिकाको कार्यालय भवनमा भएको आगजनी र त्यसपछिको लुटपाटमा संलग्न एक युवक आइतबार पक्राउ परेका छन्।

पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–१० अशोकवाटीमा डेरा लिएर बस्दै आएका बडसौरा घर बताउने २२ वर्षीय सुधीर पटेल रहेका छन्। आइतबार महानगरको नगर प्रहरी प्रमुख हरि भुसाल नेतृत्वमा खटिएको टोलीले पटेललाई लुटिएका विभिन्न सामानसहित पक्राउ गरेको हो।

नगर प्रहरी भुसालका अनुसार, पक्राउ परेका पटेलको साथबाट ९ थान कम्युटरको हार्ड डिस्क, ३ थान क्यामेरा, ९ थान डेस्कटप मनिटर, १ थान सिपियूका साथै विभिन्न केबल र अन्य विद्युतीय उपकरणहरू बरामद गरिएको छ ।

पक्राउ परेका पटेललाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि वडा प्रहरी कार्यालय वीर्तामा बुझाइएको भन्दै भुसालले आजगनी र लुटपाटामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको बताए।

 

Related posts

पोखरिया नगरपालिकाको अधिवेशनमा मेयर चौहानले भने : विकास र समृद्धिमा लागि परेको छु

MadhesKhabar

औराहामा गोली प्रहार गर्ने युवक पक्राउ

MadhesKhabar

भरतपुर भ्रमण वर्ष : ठोरी नाका खुलाउन पहल

MadhesKhabar

Leave a Comment