Madhes Khabar
स्थानिय

तनाब र दवाब समयमै व्यवस्थापन भए मनोसामाजिक समस्या समाधान हुन्छ : सरोकारवालाहरु

वीरगन्ज,३चैत:बालबालिकाको मानसिक स्वास्थ्य ठिक राख्न घर परिवार र अभिभावककै महत्वपूर्ण भूमिका रहेको सरोकारवालाहरुले बताएका छन् ।

वीरगन्जमा शुक्रबार आयाेजित एक कार्यक्रममा सहभागीहरुले
अहिले किशोरावस्था तथा बालबालिकाकै मानसिक स्वास्थ्यमा गम्भीर खालका समस्या देखिँदै गएकाले यसमा अभिभावक र घरपरिवार नै सजग र सचेत भएर व्यवहार गर्नु पर्नेमा जोड दिए।

वीरगन्ज महानगरपालिकाको सहयोगमा टिपिओ नेपालले शुक्रबार आयोजना गरेको जनप्रतिनिधि तथा सरोकारवालाहरुसँग मनोसामाजिक विषयको कार्यशाला गोष्ठिमा सहभागिहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले मनोसामाजिक परामर्श र उपचारका लागि वीरगञ्ज महानगरका स्वास्थ्य संस्थाहरुमा कार्यक्रम संचालन गरिएको जानकारी दिए ।
उनले शारिरिक रोगको उपचार र पहिचान सहज भए पनि मानसिक समस्याको पहिचान गर्न कठिनाई हुने भएको पहिचान र उपचारमा समस्या आउने गरेको पनि बताए।

बालबालिका मात्रै नभई तनाब र दवाबसँग जुध्ने प्रौढ, युवा तथा बृद्ध पनि मनोरोगको चपेटामा आउने गरेको भन्दै उनले समयमै तनाब र दवाब व्यवस्थापन गर्न घरपरिवारले पनि साथ दिनु पर्ने बताए।

कार्यक्रममा शिक्षिका सपना श्रेष्ठले मनमा लागेको चोटको उपचार गर्ने अस्पताल र विज्ञ परामर्शदाताको अभावले मनोरोग झनै जटिल बन्दै गएको बताइन् । मनोरोगकै कारण यौन हिंसा, यौन दुव्र्यवहार तथा आत्महत्याका घटना पनि बढीरहेको उनको भनाइ थियो । बच्चैबाट अभिभावकले सही व्यवहार र सही मार्गनिर्देश गरे मात्रै मनोसामाजिक समस्या निराकरण भएर यस्ता घटनाहरु कमी आउने उनले बताइन् ।

कार्यक्रममा टिपिओ नेपालका कार्यक्रम प्रमुख पितम्बर कोइरालाले मनोसामाजिक परामर्शका बारेमा प्रस्तुतिकरण गरेका थिए ।
कार्यक्रममा विभिन्न वडाका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

Related posts

बारामा १३ सय १६ थान नक्कली हजारको नोटसहित ४ जना पक्राउ

MadhesKhabar

वीरगन्जकाे इनर्वाबाट गाँजासहितकाे भारतीय ट्रक र चालक पक्राउ

MadhesKhabar

सिर्सिया नदी सफा राख्न महानगरले रातिपनि गर्याे अनुगमन, अटेरी गर्ने उद्योगलाई १ लाख जरिवाना

MadhesKhabar

Leave a Comment