Madhes Khabar
स्थानिय

बाराको सिमराबाट ९ जना जुवाडे पक्राउ

जिप्रका बारा।

वीरगन्ज,३साउनःबाराको सिमराबाट प्रहरीले ९ जना जुवाडेलाई पक्राउ गरेको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ सिमराको जानकीटोलस्थित केशव सुनुवारको घरमा शनिबार प्रहरीले छापा मारेर तास खेल्दै गरेको अवस्थामा ९ जना जुवाडेलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ का ३० वर्षीय ससुसन खाती,वडा नम्बर २ का ४० वर्षीय बलराम विश्वकर्मा, ५६ वर्षीय सुमन कुमार भट्टराई, ४१ वर्षीय अभय कुमार श्रीवास्तव, घरधनी ४१ वर्षीय केशव सुनुवार,५२ वर्षीय थहल बहादुर विश्वकर्मा,५४ वर्षीय शिवजी प्रसाद साह , ५९ वर्षीय बलराम क्षेत्री र वडा नम्बर १ का ५१ वर्षीय राजकुमार भट्टराई रहेका छन् ।

ईलाका प्रहरी कार्यालय सिमराबाराबाट प्रहरी निरीक्षक सुभाष साहको नेतृत्वको प्रहरी टोलीले सुनुवारको घरमा छापा मार्ने क्रममा घरको तेश्रो तल्लाको कोठामा तास खेल्दै गरिरहेको अवस्थामा उनिहरुलाई नगद १ लाख ५४ हजार ६८० रुपैयाँसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । उनिहरुलाई प्रहरी थुनामा राखेर आवश्यक अनुसन्धान भईरहेको बाराका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।

Related posts

वक्तृत्वकला प्रतियोगितामा विजयबस्ती माविका बजगाँई प्रथम

MadhesKhabar

महानगरले तिलावे नदि किनारको सार्वजनिक जग्गामा वृक्षारोपणका लागि गरेको तारबारमा तोडफोड

MadhesKhabar

‘बैभव वीरगन्ज’ बनाउन अहिले सुरुवात मात्र गरेका छौं,अझ धेरै गर्न बाँकी छ : मेयर सिंह

MadhesKhabar

Leave a Comment