Madhes Khabar
स्थानिय

पथलैया खानेपानी उपभोक्ता समितिमा लामाको प्यानल नै निर्वाचित

सिमरा,७ असोज : बाराको पथलैया खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको नेतृत्व चयनका लागि भएको निर्वाचनमा सुरेशकुमार लामाको प्यानल निर्वाचित भएको छ । समितिको २५औं साधारणसभाले सर्वसम्मत् नेतृत्व चयन गर्न नसकेपछि शनिवार भएको निर्वाचनमा लामा नेतृत्वको प्यानल निर्वाचित भएको हो ।

निर्वाचनमा लामा र अर्का उम्मेदवार खिलबहादुर कार्कीले प्यानल बनाएर चुनाव लडेका थिए भने अध्यक्ष पदमै राजकुमार डिमडुङले एकल उम्मेदवारी दिएका थिए । अध्यक्ष पदका लागि तीन जनाबीच भएको प्रतिस्पर्धामा लामा कार्कीसंग ७८ मतको मतान्तरले निर्वाचित भएका हुन् ।

लामाले दुई सय ७९ मत प्राप्त गर्दा कार्कीले दुई सय एक मत प्राप्त गरे । यसैगरी अध्यक्षका एकल उम्मेदवार डिमडुङले ७८ मत पाए । उपाध्यक्ष पदमा लामा प्यानलका तोयानाथ खनाल निर्वाचित भए । उनले तीन सय २२ मत प्राप्त गर्दा अर्का प्रत्याशी टिकादास मुल्मीले एक सय ९५ प्राप्त गरेका छन् ।

११ सदस्यीय कार्यसमिति चयनका लागि भएको निर्वाचनमा किरण आलेमगर तीन सय ६५ मत प्राप्त गर्दै सचिव पदमा निर्वाचित भए । उनका निकटतम प्रतिद्धन्द्धी गौतम अधिकारीले एक सय ६७ मत पाए ।

यसैगरी कोषाध्यक्ष पदमा लाक्पा ग्याबु शेर्पाले तीन सय ३४ मत प्राप्त गर्दा अर्जुन लम्सालले एक सय ९१ मत पाए । सहसचिव पदमा खड्कराज तामाङ तीन सय २० मत पाँउदै निर्वाचित हुँदा दीपक बाँस्कोटाले एक सय ३९ र एकल उम्मेदवार सन्तोष कार्कीले ७० मत पाए ।

निर्वाचनबाट सदस्य पदमा दीप राई (३४६), प्रेमबहादुर लामा (३४४), दीपेन्द्रकुमार श्रेष्ठ (३३४), पार्वती श्रेष्ठ (३२७), लक्ष्मी भट्ट (३३२) र एकमाया जिम्बा (३२२) निर्वाचित भएका छन् ।

कुल ६ सय ४३ मतदातामध्ये निर्वाचनमा पाँच सय ७३ मत खसेको थियो । निर्वाचित पदाधिकारी र सदस्यलाई एक कार्यक्रमकाबीच सपथ ग्रहण र प्रमाणपत्र वितरण गरिने प्रमुख निर्वाचन अधिकृत शंकरकुमार आचार्यले जानकारी दिए ।

यस्तो छ अन्तिम मतपरिणामः

अध्यक्षः–

सुरेश कुमार लामा– २७९ (निर्वाचित)

खिलबहादुर कार्की (शरण)– २०१

राजकुमार डिमडुङ– ७८

उपाध्यक्षः–

तोयानाथ खनाल– ३२२ (निर्वाचित)

टिकादास मुल्मी– १९५

सचिवः–

किरण आले मगर– ३६५ (निर्वाचित)

गौतम प्रसाद अधिकारी– १६७

कोषाध्यक्षः–

लाक्पा ग्याबु शेर्पा– ३३४ (निर्वाचित)

अर्जुन लम्साल– १९१

सहसचिवः–

खड्कराज तामाङ– ३२० (निर्वाचित)

दीपक बाँस्कोटा– १३९

सन्तोष कार्की– ७०

सदस्यः–

एकमाया जिम्बा– ३२२ (निर्वाचित)

दीपेन्द्र कुमार श्रेष्ठ– ३३४ (निर्वाचित)

दीप राई– ३४६ (निर्वाचित)

लक्ष्मी भट्ट– ३३२ (निर्वाचित)

प्रेमबहादुर लामा– ३४४ (निर्वाचित)

पार्वती श्रेष्ठ– ३२७ (निर्वाचित)

बिष्णुकुमार आचार्य– १७७

पार्वती लम्साल– १७९

शिला सुब्बा– १८२

सन्जु कार्की गेलाल– १७५

शिवबहादुर आचार्य– १७६

रितु थामी– १८२

साभार : ईशीलालेख डटकमबाट

Related posts

वीरगन्जको ज्येष्ठ नागरिक पार्कलाई सुन्दर बनाउने काम छिट्टै सुरु हुन्छ : मेयर सिंह

MadhesKhabar

ठोरीमा मोटरसाइकल दुर्घटना हुदा वीरगन्जका कर्मचारीको मृत्यु

MadhesKhabar

पर्सामा श्रोत नखुलेको २० लाख नगद र काजु सहित एक जना पक्राउ

MadhesKhabar

Leave a Comment