Madhes Khabar
स्थानिय हेडलाइन

त्रिशुलीमा परेका सखुवा प्रसाैनीका पाँचै जनाका परिवारलाई गाँउपालिकाले १/१ लाख दिने अध्यक्ष यादवकाे घाेषणा

वीरगन्ज,२साउन:चितवनकाे सिमलतालस्थित त्रिशुली नदीमा बस खसेर बेपत्ता भएका र मृत्युु भएका पर्साकाे सखुवा प्रसाैनी गाँउपालिकाका ५ जनाका परिवारलाई गाँउपालिका कार्यालयले राहत स्वरुप जनही १/१ लाख रुपैयाँ उपलब्ध गराउने भएका छन्।
गाँउपालिका अध्यक्ष यशवन्त यादवले गत शुक्रबार बिहान सिमलतालमा झरेकाे पहिराेले बगाएर त्रिशुली नदीमा खसेकाे बसमा सवार सखुवा प्रसाैनी गाँउपालिकाका ४ र महुवन स्वास्थ्य चाैकीमा कार्यरत १ सहित ५ जना परेकाे जानकारी दिदै उनिहरुका परिवारलाई जनही १/१ लाख रुपैयाँ दिने घाेषणा गरेका हुन् ।
उक्त दुर्घटनामा परेर नदीमा बेपत्ता भएका सखुवा प्रसाैनी गाउँपालिकाका एकै परिवारका तीन जनासहित पाँच जनामध्ये अहिलेसम्म एक जनाकाे मात्र शव भेटिएको छ।वीरगन्जबाट काठमाडौं जाँदै गरेकाे एन्जल बसमा सवारमध्ये सखुवा प्रसाैनी-२ जमुनियाकी २४ बर्षिया प्रभा चाैधरीकाे शव दुर्घटनास्थलबाट १०३ किलाेमिटरकाे दुरीमा बुधबार भेटिएको थियाे ।उनकाे बिहीबार देवघाटमा दाहसंस्कार पनि गरिसकिएको छ।बसमा सवार उनका बुबा हृदय नारायण चाैधरी र आमा भगवती देवीको अवस्था अझै अज्ञात नै छ।उनिहरु तीनै जना आमा भगवती देवीकाे उपचार गराउन वीरगन्जबाट काठमाडौं जाँदै गरेका थिए।
यस्तै एन्जल बसमै सवार सखुवा प्रसाैनी गाँउपालिकाकै वडा नम्बर ३ का २२ बर्षिय रैफुल आलम र सखुवा प्रसा‌नी-५ महुवनकाे स्वास्थ्य चा‌ैकीमा कार्यरत स्वास्थ्यकर्मी सृष्टि यादवकाेपनि अहिलेसम्म शव फेला पर्न सकेकाे छैन ।आलम र यादव एउटै स्वास्थ्य चाैकीमा कार्यरत थिए ।
यसअघि उक्त दुर्घटना भएकै दिन गत शुक्रबारपनि खबर पाए लगत्तै गाँउपालिका अध्यक्ष यादव पर्साबाट घटनास्थल सिमलतालमा पुगेर त्यहाँ भइरहेको खाेजी र उद्दार कार्यकाे जानकारी लिएका थिए।

Related posts

पर्सा :जन्तीलाई माछा नखुवाएको निहुँमा भाँडिएको विहे एक हप्तापछि दुवै पक्षको राजीखुशीमा सम्पन्न

MadhesKhabar

सिमलताल दुर्घटनामा ज्यान गुमाएकाहरुको परिवारलाई पर्सागढी नगरपालिकाले ५० हजार दिने

MadhesKhabar

नेपालमै पहिलो पटक वीरगन्जमा निकालियो नवदुर्गा भवानीको १ सय ५१ मिटर लामो ‘चुनरी यात्रा’

MadhesKhabar

Leave a Comment