Madhes Khabar
स्थानिय

वीरगन्जकाे छपकैयामा एक महिलाकाे हत्या

सांकेतिक फोटो

वीरगन्ज,१९असाेज:वीरगन्जमा आफ्नै घरमा एक महिलाकाे हत्या भएकाे छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १ बजार छपकैयामा गगनदेव साहकी पत्नि ४० वर्षिय पुनमदेवी साहकाे हत्या भएकाे हाे ।

प्रहरीका अनुसार, शुक्रबार बिहान टाँउकाेमा घरेलु हतियारले हानेर गम्भीर अवस्थामा भेटिएकी पुनमदेवीलाई उपचारका लागि सुरुमा नारायणी अस्पतालमा लगिएको थियाे । त्यहाँ उपचार हुन नसकेपछि उनलाई नेशनल मेडिकल कलेजमा लगिएकोमा चिकित्सकले मृत घाेषणा गरेकोे प्रहरीले जनाएको छ ।

शव पाेष्ट मार्टमका लागि नारायणी अस्पतालमा पठाइएको र पाेष्टमार्टम रिपाेर्ट आएपछि मात्रै हत्याकाे यकिन कारण खुल्ने एक प्रहरीले अधिकृतले बताए ।

प्रहरीका अनुिार, पुनमदेवीको हत्या कसले र किन गरेकोे भन्ने खुल्न सकेकाे छैन ।

मृतक पुनमदेवी घरमा ऐक्लै बस्दै आएकी थिइन् । पति गगनदेव कामकाे शिलशिलामा भारतमा र छाेरापनि अध्ययनकाे लागि भारतकै दिल्लीमा रहेका छन् ।

घटनाका बारेमा अनुसन्धान भइरहेको पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए।

Related posts

पर्साको तिलावे पुलबाट गाँजासहित एक जना पक्राउ

MadhesKhabar

व्याक्तिकाे नाममा दर्ता गराइएको ४ बिघा सार्वजनिक जग्गा जगरनाथपुर गाँउपालिकाले गरायाे फिर्ता

MadhesKhabar

१० गाँउमा दुर्गन्ध फैलाएको शीवम् लेयर्स फार्म बन्द नहुदा गाँउले थप आक्रोशीत

MadhesKhabar

Leave a Comment