Madhes Khabar
अन्तर्राष्ट्रिय

पानीमा निथ्रुक्क भिजेर भाषण गरिरहेका राहुल गान्धीको तस्वीर भाइरल

वीरगन्ज, १८ असाेज : भारतमा अहिले पानीमा निथ्रुक्क भिजेर भाषण गरिरहेका राहुल गान्धीको तस्वीर भाइरल भइरहेको छ ।

‘भारत जोडो’ अभियानका क्रममा भारत दौडाहमा रहेका राहुल गान्धी आइताबार भारतको मन्सुर पुगेका थिए । उनी मञ्चमा भाषण गर्न उक्लिएका मात्र के थिए पानी पर्न सुरु भयो । तर, उनले मेघको प्रवाह नगरी रुझ्दै भाषण गरे ।

पानी परेपछि भाषण सुन्न आएका मानिस तितरवितर हुन थाले । त्यसपछि राहुल गान्धीले भने, ‘पानी परिरहेको छ तर हामीले यात्रा रोकेका छैनौं । चाहे गर्मी होस, चाहे तुफान आओस वा जाडो नै किन नहोस हामी रोकिने छैनौ ।’

‘भारत जोडो’ अभियान अन्र्तगत भारतीय कांग्रेसले कन्याकुमारीदेखि कश्मीर यात्रा गरिरहेको छ । पानीमा रुझ्दै गान्धिले गरेको यो भाषणको निकै चर्चा भइरहेको छ ।

गत वैशाखमा नेपाल आएको बेला ठमेलको लर्ड अफ दि डि्रङक्स क्लबमा देखिएका गान्धीको त्यतिबेला पनि चर्चा भएको थियो ।

पानीमा रुझ्दै भाषण गर्ने राहुल गान्धी एक्ला भने होइनन् । सन् २०१५ मा अरबिन्द भारतको दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले पनि १५ मिनेट पानीमा रुझ्दै भाषण गरेका थिए ।

अमेरिकाका राष्ट्रपति जो बाईडेन र कमला हृयारिसले पनि दुई वर्ष अगाडि यसरी पानीमा रुझेर भाषण गरेका थिए । बराक ओबामो सन् २०१२ को जुलाइमा पानीमा रुझ्दै भाषण गरेका थिए ।

डोनाल्ड ट्रम्पले २०१८ को नोभेम्बरमा र हिलारी क्लिनटरले नोभेम्बर २०१६ मा यसरी नै पानीमा निथ्रुक्क रुझेर भाषण गरेका थिए ।साभार : अनलाइनखबर

Related posts

बस दुर्घटना हुँदा ४५ जनाको मृत्युु

MadhesKhabar

बिहारमा रेल दुर्घटना ,६ जनाकाे मृत्युु

MadhesKhabar

पश्चिम बंगालमा भाजपा नेता झाको गोली हानी हत्या

MadhesKhabar

Leave a Comment