Madhes Khabar
राजनीति

देश ‘टाइटनिक जहाज’ डुबे जस्तै डुब्दैछः सिके राउत

काठमाडौं,१६कार्तिक:जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतले देश टाइटनिक जहाज जस्तै डुबिरहेको बताएका छन्।

बिहीबारको प्रतिनिधि सभा बैठकमा बाेल्दै उनले यस्तो बताएका हुन्। उनले शीर्ष तहका नेताहरुले विदेशी इन्स्योरेन्सको पैसा आउँछ भनेर देशलाई डुबाइरहेको उल्लेख गरे।

उनले प्रतिशोध साँध्नका लागि सरकारबाट पक्राउ गर्नेकुरा राम्रो नभएको बताए। उनले देशमा जनताका लागि लोकतन्त्र नभएको जिकिर गरे।

अध्याँरो कोठामा तीन जना नेताले गरेको निर्णयलाई सार्वभौम सत्ता सम्पन्न भन्न नसकिने उनको भनाइ थियो। उनले चियापान समारोहमा बोलाएर नयाँलाई सक्ने भाषण दिनु ठूला दलको लाचारीपन भएको उल्लेख गरे।

अध्यक्ष राउतले संसद यसरी नै चलिरहे व्यवस्थामाथि प्रश्न गर्ने पर्याप्त आधार हुनेपनि बताए।

Related posts

रौतहटमै पुगेर केपी ओलीले भने- माधव नेपाल अब कहिल्यै चुनाव जित्दैनन्

MadhesKhabar

काँग्रेस बाराको कोषाध्यक्षमा चौधरी मनोनित

MadhesKhabar

पर्सा २ मा चौरसियाको जित सुनिश्चित हुदै , कुर्मीलाई आफनै परिवारबाटै असहयोग

MadhesKhabar

Leave a Comment