Madhes Khabar
राजनीति

रौतहटमै पुगेर केपी ओलीले भने- माधव नेपाल अब कहिल्यै चुनाव जित्दैनन्

रौतहट,२५माघ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले अब कहिल्यै चुनाव नजित्ने दाबी गरेका छन्। रौतहटमा बिहीबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले रौतहटका जनतालाई निर्वाचनका लागि तयार रहन आग्रहपनि गरे।

‘अर्कोपटक माधव नेपाल जित्दैनन्। कुनै कारणले जित्दैनन्। अन्तका पैसा ल्याए पनि जित्दैनन्। त्यसैले अर्को निर्वाचनका लागि रौतहटका जनता तयार हुनुस्,’ उनले भने।

अध्यक्ष ओलीले माधव नेपाललाई एमालेले प्रधानमन्त्री बनाए पनि आफ्नै अहंकारले ओरालोतिर लागेको बताए। ‘माधव नेपालको बारेमा धेरै भन्दिनँ। तर, बर्ता जान्ने भएर, अहंकारी बनेर कसरी जाँकिन्छ भन्ने उदाहरण हुन् माधव नेपाल,’ उनले भने।

 

उनले माधव नेपालसँग बोलचाल बन्द भएको चर्चा सुने पनि उनीसँग बोलिरहनुपर्ने कुनै कारण नभएको स्पष्ट पारे। ‘समाचारमा केपी ओलीसँग माधव नेपालको बोलचाल बन्द भनेर पढेँ। बोलचाल बन्द हुँदा मेरो के बिग्रिन्छ। उनको केही काम पनि छैन। रौतहटका जनताले पनि बोलचाल बन्द गरे हुन्छ,’ उनले भने।

उनले एमालेको टिकट लिएर निर्वाचानका बेला पार्टीलाई धोका दिनेहरू पनि रौतहटमा रहेको बताए। उनले प्रभु साहतर्फ इंगित गर्दै त्यस्ता मान्छेहरूबाट एमाले बच्नुपर्ने बताए।साभार:अन्नपूर्ण पाेष्टबाट

Related posts

जसपा अरु कुनै पार्टीमा विलय हुदैन, देशकै नम्बर १ पार्टी बन्छ : अध्यक्ष राई

MadhesKhabar

वीरगन्ज आएर उपेन्द्र यादवले दिए चेतावनी : संविधान पुनर्लेखन गरिएन भने च्यातेर फाल्छौ

MadhesKhabar

बारा २ का जनताको मनमा एसपी खरेल छ : रास्वपा उम्मेदवार रमेश खरेल (अन्तरवार्ता)

MadhesKhabar

Leave a Comment