Madhes Khabar
राजनीति हेडलाइन

पर्सा–१ मा एमाले उम्मेदवार प्रदीप यादवलाई जिताउन युवा–विधार्थीहरुले देखाए एकजुटता

वीरगन्ज, २१ माघःपर्सा क्षेत्र नम्बर १ का जेनजी युवा र विधार्थीहरुले नेकपा एमालेका उम्मेदवार प्रदीप यादवलाई जिताउन एकजुट भएर लाग्ने सामुहिक प्रतिबद्धता जनाएका छन् ।

वीरगन्जमा बुधबार साँझ भएको अनौपचारिक कार्यक्रममा सहभागी पर्सा क्षेत्र नम्बर १ का विभिन्न वडाका युवा र विद्यार्थीहरुले एमाले उम्मेदवार यादवलाई समर्थन जनाउँदै फागुन २१ को निर्वाचनमा जिताउन दिलोज्यानले लाग्ने भन्दै सामुहिक प्रतिबद्धता जनाएका हुन् ।

एमाले उम्मेदवार यादवसंगै वीरगन्ज महानगरका मेयर राजेशमान सिंहसमेत सहभागि उक्त कार्यक्रममा सहभागी युवाहरूले यादवलाई जनताको नेता भएको भन्दै विगतमा जनहितमा गरेको कामको प्रशंसा गरे । उनिहरुले चुनावका बेला देखिने मौसमी नेता नभई अहिले एमालेका उम्मेदवार यादव हरेक दुखसुख र विपतमा जनताको माझमा रहने नेता भएकाले आँफुहरुले समर्थन जनाएको बताए ।

छलफलमा सहभागी युवा किरण गुप्ताले आफ्नो गाउँमा भएको सडक निर्माण यादवकै पहलमा भएको स्मरण गराउँदै उनलाई विकासमुखी नेता रूपमा चित्रण गरे । “हामीले हाम्रो मत र समर्थनले उहाँलाइ फेरि पर्सा–१ बाट प्रतिनिधिसभा सदस्य बनाउने प्रतिबद्धता गरेका छौँ,” उनले भने ।

कार्यक्रममा बोल्दै पूर्व मन्त्री समेत रहेका यादवले आफू चुनावको मौसमी नेता नभई जनताको सुख, दुख र विपद्मा सधैँ बिचमा रहने नेता भएको बताए । उनले विगतमा गरेका कामहरूले आफ्नो दाबीलाई प्रमाणित गरेको उल्लेख गर्दै, खानेपानीको अभाव, हैजा र कोरोना महामारीको समयमा जनताको सहयोगमा निरन्तर काम गरेको स्मरण गराए ।

यादवले युवाहरूको सशक्तीकरण, रोजगारी सिर्जना र शिक्षा क्षेत्रमा सुधार ल्याउन निरन्तर काम गर्दै आएको बताए । उनले भने, “मेरो उद्देश्य केवल निर्वाचन जित्नु होइन, तर पर्साको समग्र विकास र जनताको भलाइ सुनिश्चित गर्नु हो । युवाहरू हाम्रो समाजको भविष्य हुन्, त्यसैले उनीहरूको आवाजलाई सधैँ प्राथमिकतामा राख्नेछु ।”

कार्यक्रममा वीरगन्ज–५ का वडाध्यक्ष प्रदीप चौरसिया, एमालेका अग्रज नेताहरु समेतको सहभागिता रहेको थियो ।

Related posts

मधेसमा जसपा नेपालकाे सरकार ढालेर जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति

MadhesKhabar

वीरगन्जको उपमेयरमा पराजित जयसवाल सांसद बन्न सफल

MadhesKhabar

पर्सा २ (ख) मा स्वतन्त्र उम्मेदवारी दिने मुकेश द्विवेदीको घोषणा

MadhesKhabar

Leave a Comment