Madhes Khabar
राजनीति

मधेसी दल छाडेकी महिला नेतृ रम्भा मिश्रा काँग्रेसमा प्रवेश

मधेसखबर
वीरगन्ज,१९ साउन : झण्डै डेढ दशक देखि मधेसी दलमा आबद्ध भइ वीरगन्जमा सकृय राजनीति गर्दै आएकी रम्भा मिश्रा , नेपाली काँग्रेसमा प्रवेश गरेकी छन् ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एंव काँग्रेस सभापति शेर बहादुर देउवाको हातबाट टिका र खादा लगाएर मिश्रा काँग्रेसमा प्रवेश गरेकी हुन् ।त्यस अवसरमा काँग्रेस केन्द्रिय सदस्य अजय चौरसीया , महाधिवेशन प्रतिनिधी ओमकृष्ण लामिछाने लगायतका नेताहरुको पनि उपस्थिती रहेको थियो ।

लेसपाकी पूर्व नेतृ समेत रहेकी मिश्रा , गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीले टिकट नदिएपछि स्वतन्त्रबाट वीरगन्ज महानगरपालिकाको उपमेयरमा चुनाव लडेकी थिइन् । त्यसअघि २०७४ को स्थानीय तहको निर्वाचनमा पनि उनि तत्कालीन राजपाबाट वीरगन्ज महानगरकै उपमेयरमा उम्मेदवार बनेकी थिइन् ।

मधेस आन्दोलनकै बेला देखि महन्थ ठाकुर नेतृत्वको दलमा आबद्ध रहदै वीरगन्जमा सकृय राजनीति गर्दै आएकी मिश्राले मधेसी दलले पार्टीका लागि मरिमेट्ने महिला नेतृलाइ अवसरका बेला उपेक्षा गर्दै आएको भन्दै असन्तष्टि जनाउदै आएका थिइन् ।

Related posts

चौरसिया र पटेललाई स्वागत गर्दै मतदाताले भने : यसपालिको भोट काँग्रेसलाई

MadhesKhabar

पूर्वआइजिपी सर्वेन्द्र खनालले पनि खाेले दल, नाम : `सम्मुनत नेपाल´ पार्टी

MadhesKhabar

रोचक बन्दै पत्रकार महासंघको चुनाव–कांग्रेसका बागी उम्मेदवारलाई माओवादीको समर्थन

MadhesKhabar

Leave a Comment