Madhes Khabar
राजनीति

रोचक बन्दै पत्रकार महासंघको चुनाव–कांग्रेसका बागी उम्मेदवारलाई माओवादीको समर्थन

काठमाडौं,२२मंसिरःनेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा सत्तारुढ कांग्रेस एमालेनिकट पत्रकारहरुको प्यानलविरुद्ध अर्को गठबन्धन बनाएर उत्रिएका माओवादी केन्द्र निकट प्रेस सेन्टरले कांग्रेसको विद्रोही समूहलाई साथ दिने भएको छ ।

कांग्रेसनिकट प्रेस युनियनले एमालेनिकट प्रेस चौतारीसँग सहकार्य गरेपछि पार्टी सभापति शेरवहादुर देउवा पक्षधर मानिने हालका बरिष्ठ उपाध्यक्ष रमेश विष्टले अध्यक्षमा उम्मेदवारी दिएका छन् । उनलाई माओवादी केन्द्र,नेकपा एसलगायतका दलका संगठनहरुले समर्थन गरेका छन् ।

प्रेस चौतारी र प्रेस युनियनको पक्षबाट अध्यक्षमा निर्मला शर्माको उम्मेदवारी परेको छ । उता प्रेस युनियनका रमेश विष्टले अध्यक्षमा बागी उम्मेदवारी दिएपछि प्रेस सेन्टरका अध्यक्ष उम्मेदवार कमल गिरीलाई ‘ब्याक गराएर’ विष्टको नेतृत्वमा चुनावमा जान लागेको प्रेस संगठनका नेताहरुले बताएका छन् ।

‘श्रमजिवी पत्रकारहरुको साझा प्यानल’ नाम दिइएको उक्त विद्रोही प्यानलको अध्यक्षमा रमेश विष्ट छन् भने वरिष्ठ उपाध्यक्षमा माओवादीनिकट प्रेस सेन्टरबाट हालका महासचिव रोशन पुरीले उम्मेदवारी दिएका छन् ।

उक्त प्यानलको महिला उपाध्यक्षमा गंगा बराल,समावेशी उपाध्यक्षमा सुभास प्रसाद साह छन् । बराल माओवादीनिकट हुन् भने साह नेकपा एसनिकट समाजवादी प्रेस संगठनका हुन् ।

त्यस्तै महासचिवमा लेखनाथ न्यौपाने र खुला सचिवमा उत्तरसिंह विष्टको नाम सो समूहको सूचीमा राखिएको छ । महिला सचिव सरिता बराईली,एशोसियट सचिव विकास कार्की, दलित सचिव वसन्त विक,मधेशी सचिवमा श्रीजन झा र आदिवासी जनजाति सचिवमा भिष्ण राई तय भएका छन् । उक्त समूहको कोषाध्यक्ष उम्मेदवार रामकृष्ण अधिकारी र लेखा संयोजकमा धुर्व रावलको नाम तय भएको छ ।

रमेश विष्टको नेतृत्वमा कांग्रेसको विद्रोही पक्ष र माओवादीलगायत ६ वटा वामपन्थी पार्टीनिकट पत्रकारहरुका संगठनको संयुक्त प्यानलको घोषणा केहीबेरमा रिपोर्टर्स क्लवमा हुन लागेको छ ।

 

Related posts

मतदातासंग एमाले उम्मेदवार प्रदीप यादवको आग्रह : व्यपारीलाई होइन, जनताको दुखसुखमा रहने नेतालाई चुन्नु होला

MadhesKhabar

राजनीतिक दल निकटका कसैलाई पनि मन्त्री बनाउँदैनौं : प्रधानमन्त्री कार्की

MadhesKhabar

वीरगंज–२४ रामगढवामा कांग्रेस कार्यकर्ता भेला सम्पन्न- चौरसियाको नेतृत्वमा चुनावी तयारी तीव्र

MadhesKhabar

Leave a Comment