Madhes Khabar
राजनीति

राजनीतिक दल निकटका कसैलाई पनि मन्त्री बनाउँदैनौं : प्रधानमन्त्री कार्की

काठमाडौँ,३१भदौंःअन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आफू नेतृत्वको मन्त्रिपरिषद्‌ बढीमा ११ सदस्यीय हुने दाबी गरेकी छिन्‌ ।बीबीसी नेपाली सेवासँग कुराकानी गर्दै प्रधानमन्त्री कार्कीले वर्तमान सरकारमा मन्त्रीहरूको संख्या ११ भन्दा बढी नहुने बताएकी हुन्‌ ।

‘मन्त्रीहरू पनि कुनै राजनीतिक दल निकटका हुँदैनन्‌, गैरराजनीतिक र कुनै संस्थामा काम गरेकालाई ल्याउँछौँ, त्यस्ता व्यक्ति खोजिरहेका छौँ, चुनाव नलड्ने व्यक्तिलाई मात्रै मन्त्री बनाउँछौँ’, कार्कीले भनेकी छिन् ।

कार्की नेतृत्वको मन्त्रिपरिषद्मा यसअघि तीन जनाले मन्त्री पदको कार्यभार सम्हालिसकेका छन्‌ । अर्थमन्त्रीमा रामेश्वर खनाल, गृहमन्त्रीमा ओमप्रकाश अर्याल र ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकास मन्त्रीमा कुलमान घिसिङ नियुक्त भएका हुन्‌ ।

Related posts

त्रिविका क्याम्पसहरुमा आज स्ववियु निर्वाचन हुदै

MadhesKhabar

वीरगञ्ज महानगर–२८ मा रास्वपा उम्मेदवार कानुको घरदैलो, ५८ जना पार्टी प्रवेश

MadhesKhabar

राजनीतिक दल खोल्ने दुर्गा प्रसाईंको घोषणा

MadhesKhabar

Leave a Comment