Madhes Khabar
राजनीति

राजनीतिक दल खोल्ने दुर्गा प्रसाईंको घोषणा

काठमाडौं,२भदौंः मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा गरेका छन् । ५ महिनाको जेल बसाइँबाट छुटेपछि सोमबार पहिलोपटक भक्तपुरको मध्यठिमीमा पत्रकार सम्मेलनमार्फत प्रसाईंले दल खोल्ने घोषणा गरेका हुन् ।

आफू एक सफल व्यवसायी भएपनि देश र जनताको अवस्था टुलुटुलु हेरेर बस्न नसकेकोले राजनीतिक दल खोल्ने निश्चय गरेको उनले दाबी गरे ।

‘म राजनीतिक चेत बोकेको एक सफल व्यवसायी हुँ । देशको वर्तमान अवस्था देश र जनतामाथि भएको लुटपाट टुलुटुलु हेरेर बस्न शान्ति र अमनचयनको अनुभूति मैले गर्न सकिन । मेरा लागि म र परिवार भन्दा पनि नेपाल र नेपाली प्राथमिकताका विषय बन्न पुगेका छन् । तसर्थ मुलुक र मुलुकवासीको अवस्था परिवर्तनका लागि राष्ट्रिय स्वाभिमान, स्थिर शासन, रोजगारी, सुशासन, राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिकको रक्षाका लागि म लगायत हाम्रो अभियानका साथीहरूले राजनीतिक दल दल खोली राजनीतिमा संलग्न हुने अठोट गरेका छौँ’, उनले भने ।

 

Related posts

मधेसीलाई अपमानित गरेको भन्दै वीरगन्जमा चीनको विरोध: चाइनिज साइकल जलाइयो

MadhesKhabar

जसपाबाट जितेका गाँउपालिका अध्यक्ष र वडा अध्यक्षहरु लोसपामा प्रवेश

MadhesKhabar

बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ ।

MadhesKhabar

Leave a Comment