Madhes Khabar
राजनीति

मतदातासंग एमाले उम्मेदवार प्रदीप यादवको आग्रह : व्यपारीलाई होइन, जनताको दुखसुखमा रहने नेतालाई चुन्नु होला

वीरगन्ज,७ फागुनःपर्सा क्षेत्र नमबर १ का नेकपा एमालेका उम्मेदवार प्रदीप यादवले बिहीबार वीरगन्ज महानगरपालिका वडा नम्बर ४ र ५ मा घरदैलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न गरेका छन् ।

ती दुवै वडाका हरेक मतदाताको घरमा पुगेका यादवले जनताको सुखदुखमा साथ दिदैं आएका नेतालाई चुन्न आग्रह गरे । मतदातासंग संवादका क्रममा पूर्वमन्त्री समेत रहेका यादवले फागुन २१ गते हुन गइरहेको निर्वाचनले देशको भविष्यपनि तय गर्ने भएका कारण सही नेतृत्वलाई जनताले आफ्नो अमूल्य दिनुपर्नेमा जोड दिए ।

यसअघिको दुई कार्यकालमा आँफुले क्षेत्रको विकास र जनताको सेवामा निर्वाह गरेको भूमीकाको मूल्यांकन गरिदिनपनि उनले मतदाताहरुसंग आग्रह गरे ।चुनावका बेला मात्र देखिने अरु उम्मेदवार जस्तो चुनावी मौसमी नेता आँफु नभएको कुरा जनतामाझ जगजाहेर नै रहेको भन्दै उनले भने,‘व्यपारीले आफ्नो नाफाघाटा मात्रै हेर्छ । चुनावलाई पनि उसले व्यपारकै जस्तै नाफाघाटाको हिसाब गर्छ । त्यस्तासंग जनता सजग हुन जरुरी छ । ’

मुलुक स्टण्टले नचल्ने भन्दै उनले अहिलेको संकटबाट निकास दिनसक्ने एकमात्र राजनीतिक दल एमाले नै भएको दाबीपनि गरे । विकास र समृद्धिको स्पष्ट खाका एमालेसंग मात्रै रहेको भन्दै उनले भने,‘स्टण्ट गर्नेहरुले भोटका लागि जेपनि बोल्न सक्छन् । तर चुनाव सकिएपछि उनिहरु कहाँ गायब हुन्छन् त्यस्को अत्तोपत्तोपनि हुदैन । त्यसैले अहिले यो देशलाई संकटबाट निकालेर समृद्धिको दिशामा अगाडि बढाउन सक्ने पार्टी एमालेलाई नै तपाइहरुले आफ्नो अमूल्य मत दिनु होला ।’

घरदैलो तथा जनता दर्शन कार्यक्रममा नेकपा एमालेकी केन्द्रिय सदस्य निर्मला देवकोटा, क्षेत्रीय संयोजक मानदेव हजरा, नेताहरु शम्भु गुप्ता, सुन्दर कुर्मी, वडा नम्बर ५ का वडाध्यक्ष प्रदीप चौरसिया लगायतकाकोपनि सहभागिता रहेको थियो ।

Related posts

एमाले परित्याग गरी मुकेश पाटेलसहित तीन जना नेपाली कांग्रेसमा प्रवेश

MadhesKhabar

युवालाई अवसर दिन आगामी चुनाव आँफु नलड्ने कांग्रेस महामन्त्री शर्माको घोषणा

MadhesKhabar

पर्सा १ (ख) का युवा उम्मेदवार सर्राफ भन्छन् : मतदाताले मुख्यमन्त्री राउतकाे विकल्प खाेजिरहेका छन्

MadhesKhabar

Leave a Comment