Madhes Khabar
राजनीति

पूर्वआइजिपी सर्वेन्द्र खनालले पनि खाेले दल, नाम : `सम्मुनत नेपाल´ पार्टी

काठमाडौं,१मंसिर:नेपाल प्रहरीका पूर्वआइजिपी सर्वेन्द्र खनालले `सम्मुनत नेपाल´ नामको दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्।

सोमबार आयोगमा उनले दल दर्ताका लागि निवेदन दिएका हुन्। यस दलको अध्यक्षमा खनाल छन्। त्यस्तै महामन्त्रीमा बालकृष्ण पण्डितलाई राखिएको छ।

यस दलमा विभिन्न ठाउँ, जातजाति र जेनजी प्रतिनिधिहरू समेत समेटिएको बताइएको छ।

निवेदन पेस गरेसँगै आयोगले दर्ताको प्रक्रिया अघि बढाएको खनालले बताए।

खनाल यसअघि नेकपा एमालेमा आबद्ध थिए। उनले यसअघिको निर्वाचनमा एमालेबाट काठमाडौं-६ मा निर्वाचन लडी पराजित भएका थिए।

त्यस्तै पछि एमालेबाटै तनहुँ-१ मा भएको उपनिर्वाचनमा पनि उनी लडेका थिए।उक्त उपनिर्वाचनमा रास्वपाका स्वर्णिम वाग्ले विजयी भएका थिए।

केही समयअघि मात्रै खनालले एमाले छाडेको घोषणा गरेका थिए।

Related posts

शपथपछि उपेन्द्र यादवले भने : सरकारमा बाँकी मन्त्री छिट्टै पठाउँछौं

MadhesKhabar

देशलाई ६/६ महिनामा मन्त्री बनाउने फ्याक्ट्रीका रुपमा मात्रै प्रयोग गरियो : कृषि मन्त्री क्षेत्री

MadhesKhabar

छठपछि विश्वासको मत लिने तयारीमा रहेका मुख्यमन्त्री सोनलले भने :‘विश्वासको मतका लागि समस्या हुँदैन’

MadhesKhabar

Leave a Comment