वीरगन्ज,०१माघःमधेस प्रदेश सरकारका भूमी भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले देशलाई केवल ६/६ महिनामा मन्त्री बनाउने फ्याक्ट्रीका रुपमा प्रयोग गरिएको टिप्पणी गरेका छन् ।
मंगलबार वीरगन्जमा आयोजित स्व. गोपाल गिरी पत्रकारीता पुरस्कार वितरण कार्यक्रममा बोल्दै नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीले संविधान संशोधन गरेर अहिले निर्वाचन प्रणलीमा सुधार ल्याइएन भने देश केवल ६/६ महिनामा मन्त्री बनाउने फ्याक्ट्रीका रुपमा प्रयोग भइनै रहन्छ ।’
अहिलेको निर्वाचन प्रणालीकै कारण मुलुकमा राजनीतिक स्थायित्व कायम हुन नसकेको उनले बताए ।त्यसैले अहिलेको कांग्रेस–एमाले गठबन्धनको सरकार संविधान संशोधनका लागि अगाडि बढेको बताए । तर सरकारले संविधान संशोधन मार्फत संघीयता,समावेशी प्रतिनिधित्व लगायतका राजनीतिक उपलब्धिलाई नै समाप्त पार्न खोजिरहेको भन्दै गरिएको कूप्रचारमा कुनै सत्यता नरहेको क्षेत्रीले दाबी गरे ।
उनले भने,‘ सरकारले संघीयता,समावेशीतालाई नै समाप्त पार्न खोज्यो,मधेस लगायतका अरु आन्दोलनका उपलब्धीहरुलाई नै समाप्त पार्न खोज्यो भनेर जुन कुप्रचार गरिदैछ त्यो निराधार हो ।’संघीयता,समावेशी प्रतिनिधित्वलाई कायम राख्दै संविधानमा वैज्ञानिक परिमार्जन आवश्यक रहेको उनले बताए ।संविधानमै हरेक १० वषमा संविधान संशोधन गर्न सकिने प्रावधान उल्लेख रहेको भन्दै उनले त्यो गर्न सके मात्र मुलुकमा राजनीतिक स्थिरता कायम हुने बताए ।
उनले थपे,‘अहिले निर्वाचन पद्धतीमा परिमार्जन भएन भने आउने चुनावमा कुनैपनि दलको बहुत आउन सक्दैन । बहुमत आउन सकेन भने राजनीतिक स्थिरता हुन सक्दैन । राजनीतिक स्थिरता भएन भने देशको समग्र विकासपनि हुन सक्दैन ।शासन प्रशासनपनि सही दिाशामा अगाडि बढ्न सक्दैन ।त्यसका कारण अहिलेको संविधानमा परिमार्जन गर्न आवश्यक छ । त्यसका लागि संविधान संशोधन गर्नुपर्छ ।
अहिलेको समानुपातिक निर्वाचन प्रणालीमा गोजीको मान्छे निकालेर सांसद र विधायक बनाउनुको सट्टा भारतको जस्तो अल्पसंख्य,दलित,मधेसी,मुस्लिमआदीवासी लगायतका लागि सिट आरक्षण हुने निर्वाचन प्रणाली लागु गरिनुपर्ने तर्क उनले दिए ।
उनले मधेस प्रदेशमा कृषिको व्यसायिकरण र प्रदेशका किसानको जिवनस्तर उकास्नका लागि प्रदेश सरकारले छिट्टै कृषि ऐन प्रदेशसभामा ल्याउन लागेको जानकारी गराए ।
पत्रकार महासंघ पर्साका अध्यक्ष ओेमप्रकाश खनालको अध्यक्षतामा भएको कार्यक्रममा ५१ हजार राशीको स्व. गोपाल गिरी पत्रकारीता पुरस्कार पत्रकार पंकट श्रेष्ठलाई प्रदान गरिएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव अशोक तिवारी,पूर्व केन्द्रिय सचिव दिपेन्द्र चौहान, लेखा समिति संयोजक केसी लामिछाने,स्व गिरीका सुपुत्र गिरिश गिरी,पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल लगायतकाकोपनि सहभागिता थियो ।

