Madhes Khabar
राजनीति

पर्सागढीमा राष्ट्रिय शिक्षक संगठनकाे अधिवेशन सम्पन्न ,अध्यक्षमा थारु चयन

वीरगन्ज ,२९असार: पर्साकाे पर्सागढी नगरपालिकामा नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठनकाे नगर कार्यसमितीको दोश्रो अधिवेशन सम्पन्न भएको छ ।

पर्सागढी नगरपालिका वडा नम्बर ३ स्थित जनता माध्यमिक विद्यालयमा शुक्रबार भएको दोश्रो अधिवेशनले राजेन्द्र प्रसाद थारुकाे अध्यक्षतामा संगठनकाे नयाँ कार्यसमिति चयन गरेकाे छ । जसकाे उपाध्यक्षमा लक्ष्मी ढकाल र श्याम सुन्दर दास , सचिवमा मुक्तिनाथ पाठक , सहसचिवमा बसुन्धरा अधिकारी , कोषाध्यक्ष विमला तिवारी र सहकोषाध्यक्षमम सीता राम चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा जगदीश महतो , ऋषि साह कानु ,नागेश्वर मुखिया , जय नारायण चौधरी , सरोज गिरि , दिपेन्द्र यादव , सरिता राम , ज्ञानी नगरकोटी , नवलकिशाेरर दास र रामकृष्ण चौधरी रहेका छन् ।

निवर्तमान अध्यक्ष मोहन प्रसाद चौधरीको अध्यक्षतामा तथा पर्सागढी नगरपालिकाका मेयर गोकर्ण पाठककाे प्रमुख आतिथ्यतामा भएकाे अधिवेशनकाे उद्घाटन कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य अरविन्द सिंह , पर्सागढी नगरपालिकाकी उपमेयर पुजा चौधरी , नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष शिवनाथ चौधरी , नेपाल शिक्षक महासंघका जिल्ला सचिव विनोद गिरि , एमालेका नगर अध्यक्ष दुर्गा लामीछाने लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

Related posts

जनमत पार्टी विचार र सिद्धान्तविहीनहरुको जमात हाे : उपेन्द्र यादव

MadhesKhabar

परिवर्तनको प्रत्याभुती गराउने लोसपा उम्मेदवार रमेश कुर्मीको प्रतिबद्धता

MadhesKhabar

प्रधानमन्त्री सुशीला कार्की कै निर्देशनमा बारामा एमालेको कार्यक्रम भाँड्ने प्रयास भयो : महेश बस्नेत

MadhesKhabar

Leave a Comment