Madhes Khabar
राजनीति

प्रधानमन्त्री सुशीला कार्की कै निर्देशनमा बारामा एमालेको कार्यक्रम भाँड्ने प्रयास भयो : महेश बस्नेत

काठमाडौं,३मंसिर : नेकपा एमालेका नेता महेश बस्नेतले सरकारको निर्देशनमा बारामा एमालेको कार्यक्रम भाँड्ने प्रयास भएको आरोप लगाएका छन्।

काठमाडौंमा बुधबार साँझ आयोजित कार्यक्रम बोल्दै बस्नेतले प्रधानमन्त्री सुशीला कार्की कै निर्देशनमा बाराकाे परवानीपुरमा एमालेको कार्यक्रम भाँड्ने प्रयास भएको आरोप लगाएका हुन्।

उनले एमालेलाई जनतामा गएर देशलाई अघि बढाउने अभियान सञ्चालन गर्न कसैले रोक्न नसक्ने जिकिर गरे।

बस्नेतले नेता बन्न रहर भए प्रतिस्पर्धाबाट आउन चुनौती समेत दिए। उनले अहिले जेनजीका नाममा अराजक प्रवृत्ति मौलाउन खोजेको बताए।

उनले आगामी महाधिवेशनमा केपी शर्मा ओलीलाई पार्टीको अध्यक्ष बनाएर पार्टी र देशलाई अघि बढाउने उल्लेख गरे। साभार:अन्नपूर्णपाेष्ट

Related posts

वीरगन्जमा किसान महासंघको मधेस अधिवेशन सम्पन्न : अध्यक्षमा चाैधरी चयन

MadhesKhabar

नख्खु कारागारका जेलरको बयान : रवि लामिछाने हुलहुज्जत गर्दै जेल तोडेर भागेका हुन्

MadhesKhabar

नागरिकता विधेयक प्रमाणीकरण राष्ट्रहित विरूद्ध छ : रवि लामिछाने

MadhesKhabar

Leave a Comment