मधेसखबर
वीरगन्ज,१३असार: वीरगन्जका विभिन्न टोलका युवाहरु नेपाली काँग्रेसमा प्रवेश गरेका छन्।
वीरगन्जको नगवा र पिपरका युवाहरु राजु पडित, सन्देश महत्तो,साजन साह,सिकेन्द साह लगायतका ुयुवाहरु सोमबार नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।
वीरगन्ज महानगरपालिकाका उपमेयर एवं काङ्ग्रेसका जिल्ला सचिव इम्तियाज आलमले उनिहरुलाइ टीका लगाएर पार्टीमा स्वागत गरेका हुन्।
सोमबार वीरगन्जका केहि स्वतन्त्र युवाहरु नेपाली काँग्रेसमा प्रवेश गरेको र उनिहरुकै पहलमा अन्य थुप्रै युवाहरुलाइ पनि पार्टी प्रवेश गराउने तयारी भइरहेको नेविसंघका नेता विकास तिवारीले जानकारी दिए।
सोमबारको पार्टी प्रवेश कार्यक्रममा काङ्ग्रेसका युवा नेताहरु धर्मराज यादव,रविनन्दन सिंहका साथै काङ्ग्रेसका युवा नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

