Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

नेपालमै पहिलो पटक वीरगन्जमा निकालियो नवदुर्गा भवानीको १ सय ५१ मिटर लामो ‘चुनरी यात्रा’

वीरगन्ज,०६असोजःदशैं सुरु भएको पहिलो दिन घटस्थापनामा अर्थात नवरात्रा सुरु भएको दिन सोमबार नेपालमै पहिलो पटक वीरगन्जमा नगवदुर्गा भवानीको ‘चुनरी यात्रा’ निकालिएको छ ।

सोमबार दिउँसो वीरगन्ज–६ माईस्थानस्थित प्रमुख शक्तिपीठ गहवामाई मन्दिरबाट १ हजार ५ सय बढी महिला भक्तजनहरुले १ सय ५१ मिटर लम्बाईको नवदुर्गा भवानीको चुनरी बोकेर निकालेको ‘चुनरी यात्रा’ ले नगर परिक्रमा गरेको थियो ।विश्व हिन्दु परिषद नेपालको आयोजनमा निकालिएको निकालिएको ‘चुनरी यात्रा’ नगर परिक्रमा गरेपछि पुन मन्दिर प्रांगणमै पुगेर गहवामाई मन्दिरमा विशेष पूजापाठ गरेर समापन भएको थियो ।

दशैंको नवरात्रामा नवदुर्गा भवानीलाई चढाइने चुनरीको यात्रा नेपालमै पहिलो पटक यसपालिकाको दशैंको घटस्थापनामा वीरगन्जमा निकालिएको विश्व हिन्दु परिषदका वीरगन्ज महानगर समितिका सचिव दिपेन्द्र कुमार सर्राफले बताए । त्यसमापनि चुनरी यात्रामा १५१ मिटर लामो चुनरी १ हजाार ५ सय बढी श्रद्धालु भक्तजनहरुले बोकेर निकालेको यो पहिलो पटक नै भएको उनले बताए ।

उनले भने,‘ दशहरामा नवदुर्गा भवानीको चुनरी यात्रा निकाल्ने परम्परा भारतका केहि ठूला शहरहरुमा मात्रै छ । तर नेपालमा यसअघि कहिपनि यो परम्परा थिएन । यसपालि हामीले नेपालमै पहिलो पटक वीरगन्जमा चुनरी यात्रा निकालेका हौं ।अब यसपछि हरेक वर्ष घटस्थापनाका दिन वीरगन्जमा हामीले यसरी नै चचुनरी यात्रा निकाल्छौं ।’

देश र समाजको हित तथा र मंगल कामनाका लागि ‘चुनरी यात्रा’ आयोजना गरिएको भन्दै उनले ‘चुनरी यात्रा’ का लागि कुनै पनि प्रकारको आर्थिक सहयोग कसैबाट नलिएको पनि स्पष्ट पारे ।

 

Related posts

वीरगन्जमा जथाभावी फोहोर फाल्ने ९०० जनालाई कारबाही, २७ लाख राजश्व संकलन

MadhesKhabar

रेडियो वीरगन्जको वार्षिक उत्सवमा ३०० जनाद्वारा रगत दान

MadhesKhabar

‘वीरगन्जलाई पनि भरतपुर महानगरसरह व्यवहार गर्नुपर्यो’

MadhesKhabar

Leave a Comment