Madhes Khabar
राजनीति हेडलाइन

एनसेल बिक्रीमा जालझेल भएको सांसद यादवको आरोप

फाइल तस्बिर।

वीरगन्ज,२०मंसिर:जनता समाजवादी पार्टी (जसपा) का प्रमुख सचेतक प्रदीप यादवले एनसेल कम मूल्यमा बिक्री गर्नुमा जालझेल रहेको बताएका छन् ।

बुधबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै यादवले आजियटाले ‘कू’ प्रचार गरेको भन्दै सरकारले लगाम लगाउनुपर्ने बताए ।

“कम मूल्यमा बिक्री गर्दा जालझेल भएको छ । पाँच अर्ब खुद नाफा गरेको कम्पनी साढे ६ अर्बमा कसरी बिक्यो ? शंकास्पद छ,” उनले भने ।

पर्सा निर्वाचन क्षेत्र नम्बर १ का सांसदसमेत रहेका यादवले दूरसञ्चार प्राधिकरणलाई जानकारी नहुनु पनि शंकास्पद भएको बताए ।

“कारोबार आम्दानी नेपालमा गर्ने अनि बिक्री विदेशमा गर्ने ? सरकारको ध्यान कता छ ? स्माट सेल र एनसेलको सम्बन्ध के हो ? स्माटले नेपाललाई डुबाएको छ । दुवैको लगानीकर्ता एकै हो । सरकारले स्पष्ट पारोस्,” यादवले भने ।

Related posts

वीरगंज–१४ बहुवरीमा एमाले उम्मेदवार यादवको घरदैलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न

MadhesKhabar

एमाले नेता रायमाझीकाे सांसद पद निलम्बन

MadhesKhabar

केन्द्र सरकारले वीरगन्जलाई हेला गरेकाे छ : मेयर सिंह

MadhesKhabar

Leave a Comment