Madhes Khabar
स्थानिय

पर्सामा सालकाे काठसहित एक जना पक्राउ

वीरगन्ज ,२असाेज: पर्साकाे सखुवा प्रसाैनी गाँउपालिका वडा नम्बर ४ कल्याणपुरबाट जङ्गलबाट अवैध तरिकाले चोरी तस्करी गरेर सालको काठ ल्याइरहेको अवस्थामा एक जना पक्राउ परेका छन् ।

सब डिभिजन वन कार्यालय रङ्गपुरटाँडीकाे गस्ती टाेलीले मंगलबार बिहान साइकलमा लोड गरी ल्याइरहेको अवस्थामा १५ क्यूफिटको चार वटा सालको काठको गोलियासहित एक जनालाई पक्राउ गरेकोे हो ।

काठसहित पक्राउ पर्नेमा पर्साकै बहुदरमाई नगरपालिका ८ रामनगरी निवासी रामेश्वर पटेल रहेकाे सब डिभिजन वन कार्यालय रङ्गपुरटाँडीका जमदार अर्जुन चौधरीले जानकारी दिए ।

चौधरीका अनुसार पटेलसहित अन्य तिन जनाले चार वटा साइकलमा लोड गरेर सालको काठको गोलिया लिएर आइरहेका थिए ।तर वन गस्ती टोलीलाई देख्न साथ अन्य तीन जना भने साइकल र काठ छोडेर फरार भएकाे चाैधरीले बताए ।

बरामद गरिएको काठ अन्दाजी १५ क्यूफिटको रहेको रेञ्जर कपिलदेव यादवले बताए ।फरार रहेका अरु तीन जनाकाे खोजी कार्य जारी रहेको यादवले बताए ।

Related posts

वीरगन्जको मेयरमा दलबदलु दुइ उम्मेदवार बिच नै मुख्य भिडन्त

MadhesKhabar

असारे बजेटको कमाल : वीरगन्जमा बनाइएको पुल दुई महिना नबित्दै भत्कियो

MadhesKhabar

पर्साको बिन्दवासिनीमा दलित र विपन्नको आवास निर्माणमा अनियमितता गरिएको भन्दै प्रदर्शन

MadhesKhabar

Leave a Comment