Madhes Khabar
स्थानिय

वीरगन्जको रजतजयन्ति चोकदेखि वैष्णवी मन्दिरसम्म ४०० सय विरुवा रोपियो

वीरगन्ज,२०असारःवीीरगन्जमा शुक्रबारपनि बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । वीरगन्ज–१६ रजतजयन्ति चोकदेखि बाइपास सडक हुदैं वैष्णवी मन्दिरसम्मको सडकको डिभाइडर र फुटपाथमा विभिन्न प्रजातिका चार सय विरुवाहरु रोपिएको ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतानले जानकारी दिए ।

वृक्षारोपण कार्यक्रमको शुभारम्भ वीरगन्ज महानगरपालिका मेयर राजेशमान सिंहले विरुवा रोपेर गरेका थिए । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वीरगन्ज महानगरपालिकाको कार्यालय,ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर, ग्रीनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरको संयुक्त आयोजनामा बृहत वृक्षारोपण कार्यक्रम गरिएको खेतानले बताए ।

वीरगन्ज महाननगरका मेयर सिंहको प्रमुख आतिथ्यतामा भएको वृक्षारोपण कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, नेपाली सेनाका कर्णेल निराजन कटुवाल,सशस्त्र प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुब्बा, साबिह दरबार वीरगन्जका अध्यक्ष उमेशलाल सहनी, युवा अभियन्ता दिलिपराज कार्की,कमल चौगाइँ,वीरगन्ज सामुदायिक आँखा अस्पतालका सञ्चालक महेशसिंह धामीका साथै महानगरको नगरप्रहरी,सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायतकाकोपनि सहभागिता थियो ।

Related posts

न्याय माग्दै माईस्थानका स्थानीय अदालतमा

MadhesKhabar

पर्सा १ र २ को मतगणना शुरु

MadhesKhabar

मधेस सरकारको ‘हस्तक्षेप’ले वीरगन्ज यातायात कार्यालयमा लाइसेन्स वितरणको काम प्रभावित

MadhesKhabar

Leave a Comment