Madhes Khabar
स्थानिय

निजगढमा यात्रुवाहक बस दुर्घटना हुदाँ १ काे मृत्यु ,३० भन्दा बढी घाइते

बारा,३१भदाैं:पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको निजगढ नगरपालिका वडा नम्बर ८ स्थित उनासी पुलबाट आइतबार राति ३४ जना सवार बस खस्दा १ जनाको मृत्यु भएकाे छ ।३० जना भन्दा बढी घाइते भएका छन्।

काकडभिट्टाबाट दाङ तर्फ जाँदै गरेको ना. ८ ख ११६४ नम्बरको बसको अगाडीको पट्टा भाचिएर अनियन्त्रित भई पुल देखि ८ मिटर तल खसेको हो ।

मृत्यु हुनेमा दाङको देउखुरी गटवा गाउँपालिका – ५ का ४५ वर्षिय चेतन राय यादव रहेका छन् ।दुर्घटनामा परी गम्भीर घाइते भएका यादवकाे वीरगन्जस्थित बयोधा मेडिसिटी अस्पतालमा उपचारको क्रममा साेमबार बिहान करिब ४ बजे मृत्यु भएको हो ।

दुर्घटना परेर ५ जना गम्भिर घाईते छन् । घाईते १३ जनाको अवस्था मध्यम र १५ जनाको सामान्य रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेका यात्रुलाई ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुमित कुशवाहाकाे नेतृत्वमा खटिएकाे नेपाल प्रहरी ,सशस्त्र प्रहरी र ट्राफिकको टोलीले उद्धार गरेर निजगढ सिटी अस्पताल र निजगढ सामुदायिक अस्पताल पुर्याएका थिए ।

Related posts

भारतमा ९ महिना देखि हराएका युवकको वीरगन्ज महानगरद्धारा उद्धार

MadhesKhabar

हावाहुरीले पर्साकाे शिवम हयाचरीमा ३५ हजार कुखुरा मरे

MadhesKhabar

बहुदरमाई नगरपालिकाले ल्यायो करिब ५० करोडको बजेट,कृषि,शिक्षा र स्वास्थ्यलाई प्राथमिकता

MadhesKhabar

Leave a Comment