Madhes Khabar
स्थानिय

मापदण्ड विपरित पत्रकार महासंघ पर्साले बुझाएको शुद्धीकरण नामावली खारेज गर्न माग

वीरगन्ज, २५ असार: नेपाल पत्रकार महासंघ पर्सा शाखाले गरेकाे सदस्यता शुद्धीकरणकाे निर्णय प्रति प्रत्रकार सम्बद्ध तीन संगठनले आपत्ती जनाएका छन् ।

नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपाल र समाजवादी प्रेस संगठले नेपाल पर्साले पत्रकार महासंघ केन्द्रीय समितिको निर्णयले सदस्यता शुद्धीकरणका लागि मापदण्ड बनाएर देशभर शुद्धिकरण, नविकरण र नयाँ सदस्यताको लागि आवेदन खुला गरेको भएपनि पत्रकार महासंघ पर्सा शाखाले अहिलेसम्म त्यसको कुनै आधिकारिक सार्वजनीकरण नगरेकोप्रति गम्भीर ध्यानकर्षण भएको जनाएका छन् ।

तीनै संगठनले नेपाल पत्रकार महासंघ मधेस प्रदेशका महासचिव श्याम बन्जारालाई ध्यानाकर्षण पत्र बुझाउँदै
विधि, प्रकृया, नीति, सिद्धान्त कुनै प्रकृया नमिलाई पठाइएको शुद्धिकरणको सूची अमान्य घोषणा गर्न आग्रह गरेका हुन् ।

महासंघ केन्द्रीय समितिको निर्णय अनुसार जेष्ठ २५ गतेसम्म आफ्नो सबै सदस्यहरुको नामावली शुद्धिकरणका लागि प्रदेश समितिका महासचिव अनिवार्य रहने समिति तत्काल गठन गरी नम्बर सहितको विवरण सहितको नामावली उपलब्ध गराउनुपर्ने थियाे ।

जिल्ला शाखाले जेष्ठ २५ गते भित्र पूर्ण विवरण प्रदेश समितिलाई पठाउनु पर्ने र प्रदेश समितिले उपलब्ध विवरण अद्यावधिक गरेर जेठ ३० गतेसम्म केन्द्रीय कार्यालयमा पठाउनुपर्ने निर्देशन भएको र उपलब्ध नाममा चित्त नबुझेमा उजुरी गर्नका लागि असार १० गते सम्मको समय निर्धारण समेत गरिएकाे थियाे ।

तर समय सीमा पार गरिसकेपछि पनि शुद्धिकरण र नविकरणसम्बन्धमा पत्रकार महासंघ पर्सा शाखाले कुनैपनि आधिकारिक विवरणहरु सार्वजनिक नगरेर केन्द्रीय निर्देशनलाई अवज्ञा गरेको प्रेस युनियन पर्साका अध्यक्ष विजय चाैहानले वताए ।

विधिको शासनको मुख्य वकालत गर्ने संस्थाको रुपमा स्थापित नेपाल पत्रकार महासंघ मातहतकै पर्सा शाखाले गैर जिम्मेवार, अनुशासनहिन र पक्षपाती रवैया देखाई महासंघको गरिमामा गम्भीर आँच पुयाएको तीन संगठनले निष्कर्ष निकाल्दै पर्सा शाखाले उपलब्ध गराएको सूचीको वैधानिकता गुमाईसकेको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएकाे छ ।

प्रेस युनियन पर्साका सभापति चाैहान, प्रेस सेन्टर पर्साका अध्यक्ष दिपक गाैतम र समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष मनाेज पटेलद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्र मार्फत उक्त सूचीलाई अमान्य गरी शुद्धिकरणको प्रकृयालाई पुन: सबै विचारधारका पत्रकार संघसंगठनहरुसंगको छलफल, सहकार्य र सहमतिमा नै गर्न आग्रह समेत गरिएकाे छ ।

त्यस्तै प्राप्त उजुरीको आधारमा समितिले आवश्यक छानविन गरी केन्द्रीय कार्यालयलाई असार २५ गतेसम्ममा जानकारी गराउनुपर्ने निर्णय भए बमोजिम हुनुपर्नेमा अहिलेसम्म पनि कुनै आधिकारिक विवरणहरु जिल्लाको कार्यालयमा टास नगरेको, सामाजिक सञ्जालहरुमा सार्वजनिक नभएको, जेठ ३० गतेसम्म प्रदेश समितिले अद्यावधिक गरेर केन्द्रमा पठाउनुपर्ने भएपनि अहिलेसम्म कुनै विधि प्रकृयाको अवलम्बन नगरेको तीन संगठले जनाएका छन् ।

न्यायको मूल सिद्धान्त समेतलाई ख्याल नगरी सफाईको अवसरबाट समेत बञ्चित गरी नियतवश निर्धारित समयपछि मात्रै शुद्धिकरण सूची तयार गरिएको पत्रकार संगठनहरुकाे ठहर रहेकाे छ ।

ध्यानाकर्षण पत्र नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालय र पर्सा शाखालाई समेत बोधार्थ गरिएकाे थियाे ।

साथै तीनवटै संगठनले पत्रकार महासंघ पर्साले गरेको निर्णय आधिकारिक रुपमा सार्वजनिक नभई व्यक्तिले कुनै अमुक सूचना मार्फत सार्वजनिक गरेको प्रतिपनि गम्भीर ध्यानकर्षण भएको जनाउदै कारवाहीको माग गरेका छन्।

उनीहरुले पत्रकार महासंघ पर्साले गरेको सांगठनिक निर्णयको संस्थागत रुपमा जानकारी हुनुपर्ने वा सार्वजनिक गर्नुपर्नेमा संगठनको गोपनीयता नै भंग गर्ने खालको व्यक्ति मार्फत बैठकको निर्णय पुस्तिकामा भएका निर्णयहरु नै अमुक माध्यमबाट सार्वजनिक हुनुले संस्थाको गोपनीयतामाथि नै गम्भीर प्रश्न उठेको र निर्णय सार्वजनिक गर्ने अनाधिकृत व्यक्तिको पहिचान गरी कारवाही गर्न माग समेत गरेका छन् ।

Related posts

वीरगन्जको ज्येष्ठ नागरिक पार्कलाई सुन्दर बनाउने काम छिट्टै सुरु हुन्छ : मेयर सिंह

MadhesKhabar

पर्साको पकहामैनपुरमा एमाले युवा नेता साहले गरे सडक र नालाको शिलान्यास

MadhesKhabar

बाराको बरियापुुरमा सडकमै शव राखेर प्रदर्शन

MadhesKhabar

Leave a Comment