Madhes Khabar
स्थानिय

वीरगन्जको ज्येष्ठ नागरिक पार्कलाई सुन्दर बनाउने काम छिट्टै सुरु हुन्छ : मेयर सिंह

वीरगन्ज,४ असोज : वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगन्ज १५ लक्ष्मणवास्थित ज्येष्ठ नागरिक पार्कलाई सुन्दर बनाउन गुरु योजना बनाएर काम अघि बढाएको बताएका छन् ।

ज्येष्ठ नागरिक संघको ११ औँ साधारणसभा एवं विश्व अल्जाइमर्स दिवसको अवसरमा बिहीबार वीरगन्जमा आयोजित कार्यक्रमलाई बोल्दै मेयर सिंहले डीपीआर निर्माणको काम सकिएको बताउँदै यही छठ पर्व पछि पार्कलाई थप सुन्दर बनाउने गरि निर्माणको काम सुरु गरिने बताएका हुन् । उनले बोल्ने भन्दा पनि काम गरेर देखाउने गरि आफू लागि परेको बताए ।

कार्यक्रममा ज्येष्ठ नागरिक संघ पर्साका निवर्तमान अध्यक्ष समेत रहेका वरिष्ठ पत्रकार जगदीश शर्माले महानगरले ज्येष्ठ नागरिक संघका लागि गरेको सहयोगको प्रशंसा गर्दै आउँदा दिनमा पनि सहयोग रहिरहने विश्वास व्यक्त गरे ।उनले राजेशमान सिंहको नेतृत्वमा रहेको महानगरले अहिले वीरगन्जलाई सुन्दर बनाउन विभिन्न योजनामा काम गरिरहेको भन्दै महानगरले गरेका राम्रा काममा सबैले साथ दिनु पर्नेमा जोड दिए ।

कार्यक्रममा डा.श्यामसुन्दर दासले अल्जाइमर्सका बारेमा जानकारी दिनुभएको थियो । संघका अध्यक्ष श्याम शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजिकरण विनयराज गौतमले गरेका थिए ।

Related posts

सबैको साथले मात्रै वीरगन्ज व्यवस्थित बनाउन सकिन्छ : मेयर सिंह

MadhesKhabar

यदि मैले भ्रष्टचार गरेको छु भने अख्तियार आएर छानबिन गरोस् : मेयर सिंह

MadhesKhabar

निवर्तमान वडाअध्यक्ष रामनगीना भन्छन् – हारे पनि वडा र वडावासीको सेवामा निरन्तर रहन्छु

MadhesKhabar

Leave a Comment