Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्जको बसपार्कमा प्रहरीको अप्रेशन :यात्रुहरुलाई हैरान पार्ने र ठग्ने १८ बिचौलिया पक्राउ

वीरगन्ज,१३मंसिरःवीरगन्जको नयाँ बसपार्कमा यात्रुलाई हैरान पार्ने र ठग्ने कार्यमा संलग्न १८ जना बिचौलियाहरुलाई प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय पर्सा र अस्थायी प्रहरी चौकी नयाँ बसपार्कबाट बिहीबार खटिएको प्रहरी टोलीले एकैसाथ १८ जना बिचौलियाहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा वीरगन्ज–१ का २१ व्र्षिय सन्जिव गुप्ता, वीरगन्ज–८ का ५१ व्र्षिय विजय साह, वीरगन्ज–१० का १८ वर्षिय बजरंगी महत्तो, २२ वर्षिय राहुल महत्तो, ३८ वर्षिय विजय साह, २८ वर्षिय फिरोज खान,वीरगन्ज– १० का ३५ वर्षिय प्रभु पटेल,वीरगन्ज–१५ का ३१ वर्षिय सन्देश सिंह,वीरगन्ज–१६ का २० वर्षिय विकास पटेल रहेका छन् ।

यस्तै वीरगन्ज–१६ का २० वर्षिय विकास पटेल,वीरगन्ज–११ का ३१ व्र्षिय जयपुजन ठाकुर,२३ वर्षिय मनिष महतो,२२ वर्षिय चन्दन कुमार चौरसिया,३५ वर्षिय सन्तोष महतो,वीरगन्ज–१४ का २३ वर्षिय इद मियाँ धोबी,वीरगन्ज–११ का ४० वर्षिय सुरज भगत माली,पर्साकै बिन्दवासिनी गाँउपालिका– १का २० वर्षिय संजिव गुप्ता,रौतहटको माधवनारायण नगरपालिका–१ का २५ वर्षिय नरेश साह सोनार,गोरखाको गोरखा नगरपालिका–९ का २६ वर्षिय सुशान्त कुँवर र भारतको मोतिहारी बकतौरा घर भएका २५ वर्षिय जटाशंकर कुमारलाईपनि प्रहरीले नियन्त्रणमा लिएको अस्थायी प्रहरी चौकी नयाँ बसपार्कका प्रहरी नायब निरीक्षक तेजप्रताप सिंहले जानकारी दिए ।

बसपार्क क्षेत्रमा यात्रुलाई दुख, हैरानी दिने तथा यातायात कार्यालय वीरगन्जमा कामका लागि आउने सेवाग्राहीलाई काम छिटो छरितो गरिदिन्छु भनेर रकम लिने जस्ता गुनासा आएपछि बिहीबार खटिएको प्रहरी टोलीले उनिहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।

उनिहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर सार्वजनिक शान्ति बिरुद्धको कसूरमा थप अनुसन्धान कार्य भइरहेको उनले बताए ।

Related posts

वीरगन्ज :छोरीलाई बलात्कार गरेर भिडियो बनाउने बुवा पुर्पक्षका लागि जेल चलान

MadhesKhabar

पर्साकाे ओैराहामा ११ कठ्ठामा लगाइएको गाँजा खेती प्रहरीद्वारा नष्ट

MadhesKhabar

हिन्दु स्वयंसेवक संघले दिपावलीमा ड्युटीमा रहेका प्रहरी र अस्पतालका बिरामीलाई मिठाइ बाँड्यो

MadhesKhabar

Leave a Comment