Madhes Khabar
स्वास्थ्य हेडलाइन

१०३ प्रकारका एन्टिबायोटिक औषधि प्रयोग नगर्न सरकारको निर्देशन (सूचीसहित)

काठमाडौं, १ असोज : सरकारले एक सय तीन प्रकारका एन्टिबायोटिकको प्रयोग नगर्न उपभोक्ता र सरोकारवालालाई निर्देशन दिएको छ ।

औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले एन्टीबायोटिकको प्रयोगलाई न्यूनिकरण, रोकथाम तथा नियन्त्रण गर्नका लागि प्रयोगमा नल्याउन निर्देशन दिएको बताएका छन् । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले पनि ती औषधिको प्रयोगका लागि सिफारिस गरेको छैन । उनले ती औषधीको प्रयोग गर्नुको कुनै औचित्य नभएको समेत दाबी गरे ।

’डलब्चूएचओले प्रयोगमा नल्याउने भनेर एक सय तीन प्रकारका प्रतिजैविक औषधिको सूची प्रकाशन गरेको छ,’ उनले भने, ’ती औषधि न दर्ता गर्छौं न प्रयोगका लागि अनुमति नै दिन्छौं ।’ उनका अनुसार एक सय तीनमध्ये १३ प्रकारका प्रतिजैविक प्रतिरोध औषधि भने विभागमा दर्ता गरिएका छन् ।

एन्टीबायोटिक प्रतिरोधका कारण बढ्दै गएको संक्रमण हुने दर, मृत्यु दर र आर्थिक असरलाई पनि प्रभावकारी रुपले कम गर्न राष्ट्रिय कार्ययोजना तयार पारी स्वीकृतको अन्तिम चरणमा रहेको पनि उनले बताए ।

महानिर्देशक ढकालले एन्टीबायोटिक प्रतिरोधलाई न्यूनिकरण गर्न, तथ्यमा आधारित उपचार प्रणाली र समुचित प्रयोगलाई बढावा दिने उद्देश्य हासिल गर्न औषधि सल्लाहकार समितिको सफारिसमा ती औषधिको दर्ता, नवीकरण र पैठारी र प्रयोग नगर्न/नगराउन निर्देशन दिएको बताए । उनका अनुसार यसअघि पैठारी तथा उत्पादनका लागि अनुमति दिएका औषधिको समिश्रणलाई बजारबाट ६ महिना भित्रमा हटाइसक्नुपर्ने छ ।ढकालका अनुसार विभागले अब त्यस्ता औषधिको पनि आपूर्ति र उत्पादन गर्न अनुमति नविकरण गर्ने छैन ।

प्रयोग गर्न नहुने एन्टिबायोटिकको सूचि :

 

Related posts

ठाकुरराम क्याम्पसमा भाेलिदेखि पठनपाठन सुचारु हुने

MadhesKhabar

वीरगन्जलाई व्यवस्थित गर्न ज्येष्ठ नागरिकको अनुभव आवश्यक छ : मेयर सिंह

MadhesKhabar

वीरगन्ज जसपाको क्षेत्रीय सम्पर्क कार्यालय स्थापना, वनमन्त्री यादवद्वारा उद्घाटन

MadhesKhabar

Leave a Comment