Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

वीरगन्जबासीको पर्वका रुपमा स्थापित हुदैं ‘गहवामाई रथ यात्रा’ (फोटो फिचर)

वीरगन्ज,१३असार :वीरगन्जमा गहवामाई मन्दिर पुर्ननिमर्माण भएको १३ औं वर्ष पूरा भएको उपलक्ष्यमा शुक्रबार गहवामाई रथ यात्रा भब्य रुपमा सम्पन्न भएको छ ।

गहवामाई मन्दिर प्रांगणबाट बिहान ८ बजेतिर निकालिएको गहवामाई रथ यात्राले नगर परिक्रममा गर्ने क्रममा नेपालका पर्सा, बारा,रौतहट,सर्लाही,मकवानपुर लगायतका जिल्लाका साथै छिमेकी मुलुक भारतका समेत गरी एक लाख भन्दा बढी हिन्दु भक्तजनहरुको सहभागित जनाएका थिए ।

मन्दिर परिसरबाट काठबाट मात्र बनाइएको रथमा २६ केजी चाँददीबाट निर्मित डोलीमा गहवामाईको प्रतिमा राखेर निस्किएको रथ यात्रा घण्टघार चोक, रेल्वे रोड, अमर चोक ,इदगाह चोक, छपकैया , वीर्ता, आदर्शनगर हुदै पुन मन्दिर प्रांगणमा पुगेर समापन भएको थियो ।विभिन्न झाँकी , पञ्चेबाजा र भगवाधारी झण्डासहित निकालिएको रथ यात्राले नगर परिक्रममा गर्ने क्रममा ठाँउ ठाँउमा स्थानीय श्रद्धालुहरुले पुष्प वृष्टिपनि गरेका थिए ।

वीरगन्जमा २०८० सालदेखि गहवामाई रथ यात्रा निकाल्न थालिएको हो । तेस्रो वर्षको रथ यात्रामा अघिल्ला वर्ष भन्दा बढी भक्तजनहरु सहभागी भएको आयोजक गहवामाई तीर्थ क्षेत्र विकास समितिका अध्यक्ष श्याम पोखरेलले बताए । उनले भने,‘ ययसपालिको रथयात्रामा हामीले अनुमान गरेभन्दा बढी भक्तजनहरुको सहभागिता देखियो । १ लाख भन्दा बढी नै भक्तजनहरु सहभागी भएको अनुमान छ ।’

रथ यात्रामा भारतको मध्यप्रदेश प्रान्तका मन्त्री रविकरण साहु, वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल , प्रहरी उपरीक्षक गौतम,मिश्र, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल लगायतका उच्चपदस्थ व्याक्तित्वहरुपनि सहभागी भएका थिए ।

वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले लगातार तीन वर्षदेखि आयोजन भइरहेको गहवामाई रथ यात्रा अब परम्परा मात्रै नभई वीरगन्जबासीको एउटा पर्वका रुपमा स्थापित भइसकेको बताए । वीरगन्जलाई धार्मिक पर्यटनको केन्द्र बनाउन वीरगन्ज महानगरपालिकाले थालेको अभियानलाई पनि गहवामाई रथ यात्राको आायोजनाले टेवा पुरयाइरहेको उनले बताए ।

आयोजक गहवामाई तीर्थ क्षेत्र विकास समितिका सचिव पप्पु गुप्ताले वीरगन्जमा विगत तीन वर्षदेखि निरन्तर आयोजन हुदैं आएको गहवमाई रथ यात्रा मधेस प्रदेशकै एकमात्र धार्मिक रथ यात्रा रहेको बताए ।उनले भने,‘ गहवमाई रथ यात्रा अब हामी वीरगन्जबासीका लागि केवल रथ यत्रामा मात्रै सिमित रहेन । यो हाम्रो एउटा उत्सव र पर्वका रुपमै स्थापित भइसकेको छ ।’

रथयात्रामा सहभागी नेकपा एमाले पर्साका सचिव महेश दासले वीरगन्जमा कुनैपनि धार्मिक उत्सवमा यतिधेरै भक्तजनहरु सहभागी भएको पहिलो पटक नै भएको बताए ।उनले भव्यताका साथ गहवामाई रथ यात्राको आयोजनले वीरगन्जको धार्मिक पर्यटनलाई टेवा पुरर्याएको बताए ।

शुक्रबारको रथ यात्रामा सहभागीताका लागि वीरगन्ज महानगरपालिकाले महानगरमा रहेका सबै विद्यालयहरुमा सार्वजनिक विदापनि दिएको थियो ।

Related posts

प्यासी जेलबाट छुटेको विरोधमा पिडित परिवारद्धारा परवानीपुरमा प्रदर्शन

MadhesKhabar

मधेसका स्थानीय तहमा काम देखाएर आइकन बनेका महिला जनप्रतिनिधीहरु

MadhesKhabar

वीरगन्जमा एकै साथ देखियो डेंगु र स्क्रब टाइफस

MadhesKhabar

Leave a Comment