Madhes Khabar
राजनीति हेडलाइन

मधेसका मुख्यमन्त्री यादवको नियुक्ति असंवैधानिक भएको ठहर गर्दै सर्वाेच्चद्वारा अन्तरिम आदेश जारी

काठमाडौं,२५कात्तिकःसर्वोच्च अदालतले मधेस प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रकिया प्रारम्भिक रुपमा असंवैधानिक भएको ठहर गर्दै हाललाई यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको छ ।

एमालेका संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री बनाउने निर्णय असंवैधानिक भएको भन्दै प्रश्न उठेको र व्याख्या गर्नुपर्ने प्रश्न उठेको भन्दै रिटको अन्तिम टुंगो नालगेसम्म मधेस प्रदेशलाई दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय गर्न सर्वोच्चले रोक लगाएको छ ।

न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले पहिलो सुनुवाइ गर्दै होटलमा नियुक्त भएका मुख्यमन्त्री यादवलाई काम गर्न रोक लगाएको हो ।

त्यस्तै आजै मधेस प्रदेश सरकार गठन असंवैधानिक भएको भन्दै एमाले बाहेकका ७४ सांसदले रिट निवेदन दर्ता गराएका थिए । उक्त रिटको पेसी भोलि रहेको छ ।

Related posts

काँग्रेस छाडेका प्रमानन्द साह कानु राप्रपाको उम्मेदवार

MadhesKhabar

बारा २ मा हाम्रो मुख्य प्रतिस्पर्धी उपेन्द्र यादव नै हो : सिके राउत

MadhesKhabar

सरकार बनेको तीन महिनाभित्र नागरिकता बारे निर्णय नभए एमालेले आन्दोलन गर्छ : महासेठ

MadhesKhabar

Leave a Comment