Madhes Khabar
स्थानिय स्वास्थ्य

वीरगन्जमा हैजा नियन्त्रणका लागि महानगरका मेयर सिंह सक्रिय

वीरगन्ज,७भदाैं:वीरगन्जमा फैलिएको हैजाको प्रकोप रोकथाम र नियन्त्रणका लागि महानगरपालिका तिब्र गतिमा काम गरिरहेको छ। यस अभियानलाई प्रभावकारी बनाउन महानगरका मेयर राजेशमान सिंह आफैं अग्रसर भई प्रत्यक्षरूपमाड अस्पतालमै पुगेर बिरामीहरूको अवस्था बुझ्नुका साथै जनशक्ति परिचालनको कामलाई पनि आफैं निरन्तर मनिटरिङ गरिरहेका छन्।

शनिबार साँझ उनदे वीरगन्ज हेल्थकेयर अस्पताल पुगेका छन् । अस्पतालमा हाल १४ भन्दा बढीड झाडापखालाका बिरामी उपचाररत छन्। यसअघि दिउँसो नारायणी अस्पताल पुगेर सिंहले त्यहाँका बिरामीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए। नारायणी अस्पतालमा हाल ३३ जना झाडापखालाका बिरामी उपचाररत छन्, जस मध्ये १३ जनामा हैजाको पुष्टि भइसकेको छ।

महानगरले प्रभावित क्षेत्रमा तत्कालीन अवस्थामा नै २५ वटा स्वास्थ्य टोली परिचालन गरेको छ। टोलीहरूले घरघरमै पुगेर पानी शुद्धिकरणका उपायहरू सिकाउँदै, क्लोरिन हालेर मात्रै पिउन आग्रह गर्दै जनचेतना जगाइरहेका छन्। साथै प्रभावित बस्तीका नालामा औषधि छर्कने अभियान पनि सञ्चालन भइरहेको छ।

महानगरका मेयर सिंहले आफैं प्रत्यक्ष निगरानी गर्दै जनशक्ति र स्रोतसाधन परिचालन गराइहेका छन् । आवश्यक अवस्थामा एम्बुलेन्ससहितका सवारी साधन तत्पर अवस्थामा राखिएको छ भने महानगरले हेल्प डेस्क र सूचना केन्द्र स्थापना गरेर नियन्त्रण अभियानलाई अझ व्यवस्थित पारेको छ।

शनिबार साँझसम्म वीरगन्जका विभिन्न अस्पतालमा उपचाररत बिरामीमध्ये ३९ जनामा हैजा संक्रमण पुष्टि भएको छ भने २ सयभन्दा बढी बिरामी उपचाररत रहेका छन्।

महानगरका मेयर सिंहले हैजा नियन्त्रणलाई प्राथमिकतामा राख्दै भने, “कुनै पनि अवस्थामा लापरबाही नगरी चनाखो भएर बस्नुपर्ने छ, सबैको सहयोग लिँदै महानगर यो संकटलाई नियन्त्रणमा लिन पूर्ण प्रतिबद्ध छ।”

Related posts

पर्सा : लंगडी स्वास्थ्य चौकीको ल्याबमा भोल्टेजको समस्याले लाखौंका उपकरण प्रयोग विहीन

MadhesKhabar

ठाकुरराममा स्थगित मतगणना बुधबार दिउँसो १ बजेदेखि सुचारू गर्ने जिल्ला सुरक्षा समितिकाे निर्णय

MadhesKhabar

चार महिनापनि नबित्दै फेरिए नारायणी अस्पतालका मेसु : डा. दासले पाए प्रमुख मेसुको जिम्मेवारी

MadhesKhabar

Leave a Comment